बुधबार, श्रावण ६,२०८३ 03:03:08
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 03:03:08
Bizshala
Global IME Bank Limited

अनलाइन ठगीको जोखिम कायमै, वित्तीय कारोबार गर्दा सजगता अपनाऔं : राष्ट्र बैंक

अनलाइन ठगीको जोखिम कायमै, वित्तीय कारोबार गर्दा सजगता अपनाऔं : राष्ट्र बैंक
New Office

काठमाण्डौ। नेपाल राष्ट्र बैंकले डिजिटल वित्तीय कारोबार गर्दा सजगता अपनाउन पुन सचेत गराएको छ।

वित्तीय चेतनाका लागि मंगलबार सचेतनामूलक सन्देश जारी गर्दै केन्द्रीय बैंकले डिजिटल वित्तीय करोबारमा अनलाइन ठगीको जोखिम रहने हुँदा जुनसुकै कारोबार गर्दा अत्यन्तै सावधानीका साथ रकम प्राप्त गर्ने व्यक्तिको विवरण यकिन गरेरमात्र कारोबार गर्न आग्रह गरेको छ ।

साथै उसले विभिन्न निकायका उच्च पदस्थ व्यक्ति तथा संस्था प्रमुखहरुका नाम र तस्बिर दुरुपयोग गरेर ह्वाट्सएप, भाइबर, मेसेन्जर आदिमा अकाउन्ट बनाई वा ई–मेल आईडी खोली ठगी गर्ने उद्देश्यले विभिन्न बहानामा रकम पठाइदिन सन्देश पठाउने गरेको पाइएको बताएको छ।

केन्द्रीय बैंकले सन्देशमार्फत् चिनजानका व्यक्ति वा उच्च पदस्थ व्यक्तिले सहयोग मागेको जस्तो वा कुनै आग्रह गरेजस्तो देखिने भएकोले त्यस्ता सन्देशको विश्वास  नगर्न पनि भनेको छ । 

साथै वित्तीय कारोबार गर्नुपूर्व सजग भई सम्बन्धित व्यक्तिसँग सोधपुछ गरेर यकिन भएपछि मात्र कारोबार गर्ने बानी बसाल्न पनि केन्द्रीय बैंकले आग्रह गरेको छ। 

यस्ता ठगी गर्ने व्यक्तिको बहकाउ वा लोभलालच वा झुटो कुरामा विश्वास नगर्न पनि राष्ट्र बैंकले आग्रह गरेको छ ।

 

 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.