मंगलवार, असार १६,२०८३ 03:26:52
Bizshala
  • मंगलवार, असार १६,२०८३ 03:26:52
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

अनलाइन सट्टेबाजी नियन्त्रणका लागि ७ हजारभन्दा बढी एप र वेबसाइट बन्द

Laxmi Sunrise Bank Limited
अनलाइन सट्टेबाजी नियन्त्रणका लागि ७ हजारभन्दा बढी एप र वेबसाइट बन्द

काठमाण्डौ । नेपाल सरकारले अनलाइन सट्टेबाजी नियन्त्रणमा कडा कदम चालेको छ। नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकसँगको समन्वयमा अनलाइन सट्टेबाजी सम्बन्धी सात हजारभन्दा बढी एप र वेबसाइट बन्द गरेको छ।

New Office
CG Motors
Garima Development Bank

अवैध रूपमा सञ्चालनमा रहेका सट्टेबाजी एप तथा वेबसाइटहरू पहिचान गरी इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिइएको हो। हालसम्म ७ हजारभन्दा बढी यस्ता युआरएल र एप बन्द भइसकेका छन्। पछिल्लो एक सातामा प्राधिकरणले टेलिफोन, इमेल तथा म्यासेजमार्फत ५० भन्दा बढी गुनासा प्राप्त गरेको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

मन्त्रिपरिषद्को चैत १३ गतेको बैठकमा स्वीकृत शासकीय सुधारकार्यसूचीको बुँदा नम्बर ४२ अनुसार सट्टेबाजीसम्बन्धी एप तथा वेबसाइट २४ घण्टाभित्र बन्द गर्न निर्देशन दिइएको थियो। सोही निर्णयअनुसार प्राधिकरणले विद्युतीय माध्यममार्फत सञ्चालन भइरहेका सबै पहिचान भएका एप र वेबसाइट तत्काल बन्द गरेको हो।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.