बिहीबार, बैशाख १७,२०८३ 06:25:53
Bizshala
  • बिहीबार, बैशाख १७,२०८३ 06:25:53
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

वैशाख ५ गतेदेखि प्रत्येक शनिबार असनमा सवारी साधन प्रवेश निषेध

Bizshala
वैशाख ५ गतेदेखि प्रत्येक शनिबार असनमा सवारी साधन प्रवेश निषेध
Shivam Cement

काठमाडौंको असन क्षेत्रको मौलिकता जोगाउने उद्देश्यले वैशाख ५ गतेदेखि हरेक शनिबार सवारी साधन प्रवेशमा रोक लगाइ सामाजिक, सांस्कृतिक तथा व्यापारिक गतिविधि बढाउने निर्णय गरिएको छ।

यसअघि स्थानीय संघसंस्था, क्लब र समुदायले चैत २८ गतेदेखि कार्यक्रम सुरु गर्ने तयारी गरेका थिए। तर काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले तयारीमा कमी नआओस् भनेर कार्यक्रम एक सातापछि सार्दै वैशाख ५ गतेदेखि कार्यान्वयन गर्ने निर्णय गरेको हो। बैठकमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं, वडाध्यक्ष योगेश खड्गी, प्रशासन विभाग प्रमुख महेश काफ्ले लगायत सरोकारवाला निकायका प्रतिनिधिहरू सहभागी थिए।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

बैठकमा डंगोलले असनलाई धार्मिक र सामाजिक कार्यका लागि महत्वपूर्ण स्थान भएको उल्लेख गर्दै यसको ऐतिहासिक र सांस्कृतिक महत्त्व संरक्षण गर्नु सबैको दायित्व भएको बताइन्। 

उनले वडा कार्यालयको नेतृत्वमा सरोकारवालाहरूको सहभागिता र स्थानीयको अपनत्वसहित कार्यक्रम सुरु गरी त्यसलाई दीगो बनाउनुपर्नेमा जोड दिइन्। साथै, स्थानीयबासीको सहजता र सुरक्षालाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिने उनले स्पष्ट पारिन्।

CG Motors
Garima Development Bank
IME remit

वडाध्यक्ष योगेशकुमार खड्गीका अनुसार स्थानीय, संघसंस्था र समुदायको सहकार्यमा कार्यक्रम अघि बढाइएको हो। उनले यसले असन बजारको मौलिकता जोगाउनुका साथै वायु प्रदूषण नियन्त्रण र सहरी वातावरण सुधारमा पनि सहयोग पुग्ने बताए।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X