मंगलवार, असार १६,२०८३ 01:54:26
Bizshala
  • मंगलवार, असार १६,२०८३ 01:54:26
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

मेडिकल कलेजहरुलाई भर्ना बापतको बक्यौता बुझाउन २१ दिने अल्टिमेटम

Laxmi Sunrise Bank Limited
मेडिकल कलेजहरुलाई भर्ना बापतको बक्यौता बुझाउन २१ दिने अल्टिमेटम

काठमाण्डौ । नेपाल मेडिकल काउन्सिलले केही स्वास्थ्य शिक्षासँग सम्बन्धित संस्था, मेडिकल र डेन्टल कलेजहरूलाई विद्यार्थी भर्नासँग सम्बन्धित बाँकी शुल्क तीन हप्ताभित्र तिर्न निर्देशन दिएको छ।

काउन्सिलका कार्यवाहक रजिस्ट्रार डा. दिपेन्द्र पाण्डेका अनुसार स्नातक र स्नातकोत्तर तहमा अध्यापन गराउने कलेजहरूले बुझाउनुपर्ने शुल्क बारम्बार आग्रह गर्दा पनि नतिरेपछि अन्ततः तीन हप्ताको समयसीमा तोकिएको हो।

 

New Office
CG Motors
Garima Development Bank

यस विषयमा काउन्सिलले सार्वजनिक सूचना जारी गर्दै २१ दिनभित्र अनिवार्य रूपमा सबै बक्यौता रकम बुझाउन स्पष्ट निर्देशन दिएको छ।

सूचनामा उल्लेख गरिएअनुसार तोकिएको अवधिभित्र रकम नतिर्ने मेडिकल तथा डेन्टल कलेजहरूमा काउन्सिलले विद्यार्थीहरूको परीक्षण दर्ता प्रक्रिया र विदेशी चिकित्सक तथा शिक्षकहरूको दर्ता सेवा स्थगित गर्ने चेतावनी दिएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

साथै, निर्धारित समयभित्र भुक्तानी नगरेमा सम्बन्धित कलेज तथा संस्थाहरूको बक्यौता विवरण सार्वजनिक गरिने पनि काउन्सिलले जनाएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.