शनिबार, श्रावण २,२०८३ 11:57:31
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 11:57:31
Bizshala
Global IME Bank Limited

सानिमा फ्लेक्सी फण्डको इकाईहरुको अनलाइन कारोबार आजदेखि खुल्ला

सानिमा फ्लेक्सी फण्डको इकाईहरुको अनलाइन कारोबार आजदेखि खुल्ला
New Office

काठमाण्डौ । आजदेखि सानिमा फ्लेक्सी फण्डको इकाईहरुको अनलाइन कारोबार खुल्ला हुने भएको छ । सानिमा बैंक कोष प्रवद्र्धक तथा सानिमा क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको सानिमा सामूहिक लगानी कोष अन्तर्गत सञ्चालित प्रथम खुलामुखी योजनाको इकाईहरु योजना व्यवस्थापक सानिमा क्यापिटलको कार्यालय, कम्पनीको वेबसाइट,अनलाइन पोर्टल तथा कोष प्रवद्र्धक सानिमा बैंकको सम्पूर्ण शाखा कार्यालयत तथा काउन्टरहरुबाट समेत खरिद/बिक्री कार्य खुल्ला गर्न लागिएको हो ।  

इच्छुक लगानीकर्ताले न्यूनतम १ हजार रुपैयाँको एसआईपीमार्फत समेत लगानी गर्न सकिनेछ ।  

यसका साथै प्रथम चरणको प्रारम्भिक निष्कासनबाट इकाई प्राप्त गर्नेहरुले सानिमा क्यापिटलको अनलाइन पोर्टलमार्फत आफ्नो डिम्याट अकाउन्ट अनुसार सहि र पूर्ण विवरण प्रविष्ट गरी प्रयोगकर्ता लगइन सिर्जना गर्न सक्ने व्यवस्था समेत मिलाइएको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.