बुधबार, श्रावण २०,२०८३ 04:16:09
Bizshala
  • बुधबार, श्रावण २०,२०८३ 04:16:09
Bizshala
Global IME Bank Limited

घरजग्गा कारोबारमा उल्लेख्य सुधार, कुन ठाउँमा कति किनबेच ?

घरजग्गा कारोबारमा उल्लेख्य सुधार, कुन ठाउँमा कति किनबेच ?
New Office

काठमाण्डौ  । घरजग्गा कारोबारमा सुधार देखिएको छ । केही समयको उतारचढावपछि अहिले घरजग्गा कारोबार विस्तारै सुधारतर्फ उन्मुख भएको देखिएको छ ।

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० लाई आधार मानेर सार्वजनिक गरेको घरजग्गा कारोबारसम्बन्धी प्रतिवेदनले बजारमा यस्तो प्रवृत्ति देखिएको उल्लेख गरेको छ ।

प्रतिवेदनअनुसार घरजग्गा किनबेचमा मौसमीय प्रभाव स्पष्ट देखिन्छ । वर्षको सुरुवाती तीन महिनामा कारोबार कम हुने प्रवृत्ति छ भने तेस्रो र चौथो त्रैमासमा कारोबार उल्लेखनीय रूपमा बढ्ने गरेको पाइन्छ ।

प्रदेशगत हिसाबले कारोबार संख्यामा मधेश प्रदेश सबैभन्दा अगाडि छ, त्यसपछि लुम्बिनी प्रदेश पर्छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने कारोबार अपेक्षाकृत कम देखिएको छ ।

जग्गाको क्षेत्रफलका आधारमा पनि मधेश प्रदेशकै हिस्सा उच्च रहेको छ । महानगर र उपमहानगर क्षेत्रहरूमा ५ देखि १० आना आकारका घडेरीमा सबैभन्दा बढी कारोबार भएको छ ।

अधिकांश प्रदेशहरूमा १० देखि २५ आनासम्मका घडेरी किनबेच बढी हुने गरेको देखिए पनि मधेश प्रदेशमा २० आनाभन्दा ठूला प्लटमा कारोबार बढी भएको पाइएको छ ।

घोषित मूल्यका आधारमा भने बागमती प्रदेश अगाडि रहेको छ । कर्जा प्रवाहतर्फ हेर्दा आर्थिक वर्ष २०७८/७९ देखि २०८१/८२ सम्म घरजग्गा कर्जा करिब ७२.४१ प्रतिशतले वृद्धि भएको छ भने आवासीय कर्जा पनि ६१.५५ प्रतिशतले बढेको छ । यसले घरजग्गा क्षेत्रमा बैंकिङ कर्जाको प्रयोग उल्लेखनीय रूपमा विस्तार भएको संकेत गर्छ ।

राजस्व संकलनमा भने ठूलो उतारचढाव देखिएको छ । आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासमा घरजग्गाबाट २३.७ अर्ब रुपैयाँ राजस्व उठेको थियो। त्यसपछि घट्दै २०७९/८० को पहिलो त्रैमासमा यो ८.२ अर्ब रुपैयाँमा झरेको थियो ।

तर पछिल्लो समयमा भने सुधार देखिँदै गएको छ, र आर्थिक वर्ष २०८१/८२ मा यो करिब १५ अर्ब रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.