मंगलवार, असार १६,२०८३ 12:31:47
Bizshala
  • मंगलवार, असार १६,२०८३ 12:31:47
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नागरिक एपलाई ‘वान–स्टप डिजिटल सेवा’ बनाउने अभियान तीव्र, जन्मदर्ता, विवाह दर्ताजस्ता प्रमाणपत्र पनि उपलब्ध हुने

Laxmi Sunrise Bank Limited
नागरिक एपलाई ‘वान–स्टप डिजिटल सेवा’ बनाउने अभियान तीव्र, जन्मदर्ता, विवाह दर्ताजस्ता प्रमाणपत्र पनि उपलब्ध हुने

काठमाण्डौ । सरकारले सार्वजनिक सेवा प्रवाहलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने लक्ष्यसहित नागरिक एपको दायरा विस्तार गर्ने तयारी तीव्र पारेको छ। यसअन्तर्गत जन्म, विवाह र सम्बन्धविच्छेद दर्ताजस्ता राष्ट्रिय पञ्जीकरणका महत्वपूर्ण अभिलेखहरूलाई एकीकृत प्रणालीमार्फत नागरिक एपमा उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको छ।

सूचना प्रविधि विभागका अनुसार हाल प्रारम्भिक चरणमा रहेको यो एकीकरण पूरा भएपछि नागरिकहरूले आफ्ना व्यक्तिगत नागरिक दर्तासम्बन्धी प्रमाणपत्रहरू मोबाइल एपमार्फत सहज रूपमा प्राप्त गर्न सक्नेछन्। यसले सरकारी कार्यालयमा भौतिक रूपमा उपस्थित हुनुपर्ने बाध्यता घटाउने अपेक्षा गरिएको छ।

New Office
CG Motors
Garima Development Bank

सरकारले डिजिटल सुशासनलाई मजबुत बनाउने रणनीतिअनुसार विभिन्न निकायका सेवा तथा तथ्याङ्कलाई एउटै डिजिटल प्लेटफर्ममा ल्याउने योजना अघि बढाएको हो। यसैक्रममा निजामती कर्मचारीको व्यक्तिगत विवरण, लोक सेवा आयोगका परीक्षार्थीका प्रवेशपत्र तथा वैदेशिक अध्ययनका लागि आवश्यक नो अब्जेक्सन सर्टिफिकेट जस्ता सेवाहरू पनि नागरिक एपमार्फत उपलब्ध गराउने तयारी अन्तिम चरणमा पुगेको छ।

त्यसैगरी, प्राविधिक क्षेत्रसँग सम्बन्धित व्यावसायिक प्रमाणपत्रहरू पनि डिजिटल पहुँचमा ल्याउने काम अघि बढाइएको छ। नेपाल इन्जिनियरिङ परिषद्सँगको समन्वयपछि इन्जिनियरिङ पेशागत प्रमाणपत्रहरू पनि आगामी दिनमा एपमार्फतै उपलब्ध हुने व्यवस्था गर्न लागिएको छ।

हालसम्म प्रहरी चारित्रिक प्रमाणपत्र जस्ता केही सेवा भने नागरिक एपमार्फत नै प्राप्त गर्न सकिने व्यवस्था कार्यान्वयन भइसकेको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सरकारले नागरिक एपलाई विभिन्न सेवाको ‘एकीकृत डिजिटल गेटवे’ बनाउने लक्ष्य लिएको छ। यसले सेवा प्राप्त गर्ने प्रक्रिया सरल बनाउने, समय र लागत घटाउने तथा प्रशासनिक पारदर्शिता अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तोकेको कार्ययोजना अनुसार ४५ दिनभित्र थप सेवाहरू सञ्चालनमा ल्याउने लक्ष्य राखिएको भए पनि तोकिएको समयभन्दा अगावै काम सम्पन्न गर्न निर्देशन दिइएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.