शनिबार, जेष्ठ २,२०८३ 07:39:12
Bizshala
  • शनिबार, जेष्ठ २,२०८३ 07:39:12
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

ललितपुरमा फोहोर संकलनका लागि पहिलोपटक विद्युतीय सवारी प्रयोग

Laxmi Sunrise Bank Limited
ललितपुरमा फोहोर संकलनका लागि पहिलोपटक विद्युतीय सवारी प्रयोग
Shivam Cement

काठमाण्डौ । ललितपुर महानगरपालिकाले फोहोर व्यवस्थापनलाई आधुनिक र वातावरणमैत्री बनाउने उद्देश्यले ११ थान विद्युतीय वेस्ट कलेक्सन गाडी प्रयोगमा ल्याएको छ। MAW Vriddhi द्वारा उपलब्ध गराइएका Foton TM1 मोडेलका यी सवारी नेपालमै पहिलोपटक फोहोर संकलनमा प्रयोग गरिएका हुन् ।

Bizshala
New Office
CG Motors

महानगरका अनुसार यी गाडीहरू विशेष रूपमा शहरी फोहोर संकलनका लागि डिजाइन गरिएका छन्, जसले कार्यक्षमता बढाउनुका साथै जनशक्ति व्यवस्थापनमा समेत सुधार ल्याएको छ। नयाँ प्रणाली लागू भएपछि फोहोर संकलन टोली तीन जनाबाट दुई जनामा झार्न सकिएको र काम अझ सहज बनेको बताइएको छ। साथै, यसले महिलाहरूलाई रोजगारीका नयाँ अवसरसमेत सिर्जना गरेको छ।

Garima Development Bank
Shivam Cement
IME remit

मेयर चिरिबाबु महर्जन ले प्रदूषणरहित शहर बनाउने लक्ष्यअनुसार पेट्रोल–डिजेलरहित विकल्पको खोजी भइरहेको बेला यस पहलले ठोस समाधान दिएको बताए। त्यस्तै, MAW वृद्धिका सीईओ अनिल बरालले यो परियोजनाले नेपालमा विद्युतीय व्यावसायिक सवारीको प्रयोगलाई नयाँ दिशा दिएको उल्लेख गरे।

कम्पनीका अनुसार देशभर फैलिएको सेवा सञ्जाल र चार्जिङ पूर्वाधारका कारण यस्ता परियोजनाहरू अन्य स्थानमा पनि विस्तार गर्न सकिने सम्भावना रहेको छ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.