बुधबार, श्रावण ६,२०८३ 02:10:46
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 02:10:46
Bizshala
Global IME Bank Limited

डेपुटी गभर्नर पण्डितसँग २० तोला सुन, विभिन्न कम्पनीमा ७ सय कित्ता सेयर

डेपुटी गभर्नर पण्डितसँग २० तोला सुन, विभिन्न कम्पनीमा ७ सय कित्ता सेयर
New Office

काठमाण्डौ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डितले नियुक्तिपछि कानुनी प्रावधानअनुसार आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। नियुक्त भएको ६० दिनभित्र विवरण बुझाउनुपर्ने व्यवस्थाअनुसार उनले बुझाएको विवरण राष्ट्र बैंकले सार्वजनिक गरेको हो।

सार्वजनिक विवरणमा पण्डित र उनका परिवारसँग विभिन्न स्थानमा रहेको अचल सम्पत्ति, वित्तीय लगानी तथा बचत संरचनाबारे जानकारी दिइएको छ। काठमाण्डौको टोखा नगरपालिकामा उनकी पत्नी कामना शर्मा पण्डितको नाममा करिब २ करोड २० लाख रुपैयाँ मूल्यको जग्गा रहेको उल्लेख छ। उक्त सम्पत्ति निजी आम्दानी, श्रीमतीको आय तथा बैंक ऋणको संयोजनबाट खरिद गरिएको बताइएको छ।

त्यस्तै, काठमाण्डौको तारकेश्वरमा करिब ६९ लाख रुपैयाँबराबरको अर्को जग्गा पनि पत्नीको नाममा रहेको तथा कैलालीको धनगढीमा पण्डितकै नाममा करिब १० लाख रुपैयाँ मूल्यको जग्गा रहेको विवरणमा उल्लेख छ।

पारिवारिक सम्पत्तितर्फ बुबा केशरीराज पण्डितको नाममा तनहुँको दमौलीमा ११ रोपनी जग्गा र आमाको नाममा काठमाण्डौमा ६ रोपनी जग्गा रहेको छ। साथै, सामाखुशी क्षेत्रमा आमाको नाममा साढे दुई तले घर रहेको जनाइएको छ, जुन पैतृक स्रोतबाट प्राप्त भएको विवरणमा उल्लेख छ।

सम्पत्ति विवरणमा पण्डितसँग करिब २० तोला सुन, २५० तोला चाँदी र करिब २ लाख रुपैयाँबराबरको हिरा रहेको उल्लेख गरिएको छ। यी सम्पत्ति विवाह, पारिवारिक अवसर तथा व्यक्तिगत आर्जनबाट प्राप्त भएको विवरणमा जनाइएको छ।

त्यसैगरी, विभिन्न बैंक तथा वित्तीय संस्थामा गरी उनको २ करोड रुपैयाँभन्दा बढी बचत रहेको तथा विभिन्न कम्पनीहरूमा ७ सयभन्दा बढी कित्ता सेयर लगानी रहेको विवरण सार्वजनिक गरिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.