मंगलवार, कार्तिक ३,२०८३ 09:42:11
  • मंगलवार, कार्तिक ३,२०८३ 09:42:11
Global IME Bank Limited

डेपुटी गभर्नर पण्डितसँग २० तोला सुन, विभिन्न कम्पनीमा ७ सय कित्ता सेयर

Bizshala
डेपुटी गभर्नर पण्डितसँग २० तोला सुन, विभिन्न कम्पनीमा ७ सय कित्ता सेयर
New Office

काठमाण्डौ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डितले नियुक्तिपछि कानुनी प्रावधानअनुसार आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। नियुक्त भएको ६० दिनभित्र विवरण बुझाउनुपर्ने व्यवस्थाअनुसार उनले बुझाएको विवरण राष्ट्र बैंकले सार्वजनिक गरेको हो।

सार्वजनिक विवरणमा पण्डित र उनका परिवारसँग विभिन्न स्थानमा रहेको अचल सम्पत्ति, वित्तीय लगानी तथा बचत संरचनाबारे जानकारी दिइएको छ। काठमाण्डौको टोखा नगरपालिकामा उनकी पत्नी कामना शर्मा पण्डितको नाममा करिब २ करोड २० लाख रुपैयाँ मूल्यको जग्गा रहेको उल्लेख छ। उक्त सम्पत्ति निजी आम्दानी, श्रीमतीको आय तथा बैंक ऋणको संयोजनबाट खरिद गरिएको बताइएको छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

त्यस्तै, काठमाण्डौको तारकेश्वरमा करिब ६९ लाख रुपैयाँबराबरको अर्को जग्गा पनि पत्नीको नाममा रहेको तथा कैलालीको धनगढीमा पण्डितकै नाममा करिब १० लाख रुपैयाँ मूल्यको जग्गा रहेको विवरणमा उल्लेख छ।

पारिवारिक सम्पत्तितर्फ बुबा केशरीराज पण्डितको नाममा तनहुँको दमौलीमा ११ रोपनी जग्गा र आमाको नाममा काठमाण्डौमा ६ रोपनी जग्गा रहेको छ। साथै, सामाखुशी क्षेत्रमा आमाको नाममा साढे दुई तले घर रहेको जनाइएको छ, जुन पैतृक स्रोतबाट प्राप्त भएको विवरणमा उल्लेख छ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

सम्पत्ति विवरणमा पण्डितसँग करिब २० तोला सुन, २५० तोला चाँदी र करिब २ लाख रुपैयाँबराबरको हिरा रहेको उल्लेख गरिएको छ। यी सम्पत्ति विवाह, पारिवारिक अवसर तथा व्यक्तिगत आर्जनबाट प्राप्त भएको विवरणमा जनाइएको छ।

त्यसैगरी, विभिन्न बैंक तथा वित्तीय संस्थामा गरी उनको २ करोड रुपैयाँभन्दा बढी बचत रहेको तथा विभिन्न कम्पनीहरूमा ७ सयभन्दा बढी कित्ता सेयर लगानी रहेको विवरण सार्वजनिक गरिएको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.