शुक्रबार, असार २६,२०८३ 12:01:45
Bizshala
  • शुक्रबार, असार २६,२०८३ 12:01:45
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

पुरानो गाडी साटेर नयाँ प्रोटोन किन्ने विशेष अवसर

Laxmi Sunrise Bank Limited
पुरानो गाडी साटेर नयाँ प्रोटोन किन्ने विशेष अवसर

काठमाण्डौ । नेपालमा प्रोटोन गाडीको आधिकारिक बितरक जगदम्बा मोटर्सले सेल्स एण्ड एक्सचेन्ज एक्सिलेन्स योजना सार्वजनिक गरेको छ । यो विशेष योजना वैशाख १३ देखि १५ गतेसम्म (२६–२८, अप्रिल २०२६) नेपालभर रहेका सबै प्रोटोन शोरुमहरूमा सञ्चालन गरेको हो ।

यस योजनाअन्तर्गत ग्राहकहरूले आफ्नो पुरानो गाडी साटेर नयाँ प्रोटोन ई.मास सेबेन लगायत प्रोटोनका विभिन्न मोडलहरू आकर्षक सुविधासहित खरिद गर्न सक्नेछन् । यस योजनाअन्तर्गत ग्राहकहरूले आकर्षक नगद छुट, पुरानो गाडीको उत्कृष्ट एक्सचेन्ज मूल्य, १ वर्षको निःशुल्क बीमा, १ वर्षको रोड ट्याक्स,७ किलोवाटको चार्जर तथा ८ वर्षसम्मको वारेन्टी सुविधा प्राप्त गर्न सक्नेछन् ।

New Office
CG Motors
Garima Development Bank

कम्पनीका अनुसार, यो योजना ग्राहकलाई सहज, भरपर्दो र थप मूल्ययुक्त सवारी खरिद गर्न सजिलो होस् भन्ने उद्देश्यले ल्याइएको हो । विशेषगरी विद्युतीय सवारीप्रति बढ्दो आकर्षणलाई ध्यानमा राख्दै, ग्राहकलाई आधुनिक, सुरक्षित र वातावरणमैत्री सवारी रोज्न प्रेरित गर्ने कम्पनीको विश्वास रहेको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

नेपालभर रहेका सबै प्रोटोन शोरुमहरूमा लागू हुने यस योजनाबाट ग्राहकहरूले सीमित अवधिसम्म विशेष लाभ लिन सक्नेछन् । साथै अन्य थप जानकारीका लागि नजिकैको प्रोटोन शोरुममा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.