शुक्रबार, श्रावण ८,२०८३ 10:56:09
Bizshala
  • शुक्रबार, श्रावण ८,२०८३ 10:56:09
Bizshala
Global IME Bank Limited

चक्रपथ विस्तार दोस्रो चरणका लागि नेपाल–चीन सहयोग सम्झौता, ८.२ किलोमिटर सडक निर्माण हुने

चक्रपथ विस्तार दोस्रो चरणका लागि नेपाल–चीन सहयोग सम्झौता, ८.२ किलोमिटर सडक निर्माण हुने
New Office

काठमाण्डौं, चक्रपथ विस्तारको दोस्रो चरण अघि बढाउने सम्बन्धमा नेपाल र चीनबीच सहयोग सम्झौता सम्पन्न भएको छ। बुधबार आयोजित कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्री सुनील लम्साल र नेपालका लागि चिनियाँ राजदूत झांग माओमिंगले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन्।

यस सहमतिअनुसार, कलंकीदेखि बसुन्धारासम्म करिब ८।२ किलोमिटर क्षेत्रफलमा सडक विस्तार तथा पुल निर्माण गरिनेछ। परियोजनाका लागि चीन सरकारले झन्डै ११ अर्ब रुपैयाँ बराबरको अनुदान सहयोग प्रदान गर्नेछ।

यसअघि पहिलो चरणअन्तर्गत कोटेश्वर–कलंकी खण्डको विस्तार कार्य सन् २०१९ देखि सुरु भई सम्पन्न भइसकेको छ।

सम्झौतापछि मन्त्री लम्सालले परियोजना कार्यान्वयनमा देखिन सक्ने अवरोधलाई छिटो समाधान गर्दै काम अघि बढाइने बताए। उनले उत्तर–दक्षिण जोड्ने सडक सञ्जाललाई सरकारको प्राथमिकतामा राखिएको उल्लेख गर्दै पूर्वाधार विकासमा चिनियाँ सहयोग अझ विस्तार हुने अपेक्षा व्यक्त गरे।

त्यस्तै, चिनियाँ राजदूत माओमिंगले लगानीमैत्री वातावरण सुनिश्चित भएमा थप चिनियाँ लगानी नेपालमा आकर्षित हुन सक्ने धारणा राखे।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.