बुधबार, श्रावण २०,२०८३ 01:35:04
Bizshala
  • बुधबार, श्रावण २०,२०८३ 01:35:04
Bizshala
Global IME Bank Limited

बुटवल–बर्दघाट सडक खण्डमा माइक्रोबस र ईभी ठोक्किँदा दुईको मृत्यु, २७ घाइते

बुटवल–बर्दघाट सडक खण्डमा माइक्रोबस र ईभी ठोक्किँदा दुईको मृत्यु, २७ घाइते
New Office

बुटवल, रुपन्देहीको बुटवल–बर्दघाट सडकखण्ड फेरि पनि गम्भीर सडक दुर्घटनाको केन्द्र बनेको छ। गणेशनगरस्थित प्रतीक्षालय नजिक माइक्रोबस र ईभी माइक्रो आपसमा ठोक्किँदा भएको यो दुर्घटनाले दुई जनाको ज्यान लिएको छ भने दर्जनौँ यात्रु घाइते भएका छन्।

बुटवलबाट बर्दघाटतर्फ गइरहेको लु१ख ७२८५ नम्बरको माइक्रोबस र नारायणगढबाट बुटवल आउँदै गरेको बागमती प्रदेश ००ख ८९२८ नम्बरको ईभी माइक्रोबीच ठोक्किँदा दुर्घटना भएको हो। 

प्रारम्भिक विवरणअनुसार दुर्घटनापछि सडक क्षेत्रमा केही समय यातायात अवरुद्धसमेत भएको थियो।

घाइतेहरूलाई तत्काल उद्धार गरी देवदह मेडिकल कलेजमा उपचारका लागि पुर्‍याइएकोमा उपचारका क्रममा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

 बाँकी २७ घाइतेको सोही अस्पतालमा उपचार जारी छ।

प्रहरीका अनुसार मृतकको पहिचान खुलाउने काम भइरहेको छ भने दुर्घटनाको कारणबारे प्रारम्भिक अनुसन्धान सुरु गरिएको छ। 

व्यस्त सडकखण्डमा भएको यो घटनाले सवारी चाप, गति नियन्त्रण र सडक सुरक्षा व्यवस्थापनबारे फेरि प्रश्न उठाएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.