काठमाण्डौं । नेपाली कांग्रेसभित्रको आन्तरिक शक्ति सन्तुलन फेरि सतहमा देखिन थालेको छ।
नेता डा. शेखर कोइराला समूहले बिहीबार बिहानदेखि बालुवाटारस्थित ओपेरा होटलमा बैठक शुरु भएको हो ।
बैठक केवल नियमित छलफलभन्दा बढी, पार्टीभित्र आफ्नो प्रभाव जोगाउने र पुनः व्यवस्थित हुने प्रयासका रूपमा हेरिएको छ।
बैठकमा निवर्तमान केन्द्रीय सदस्यदेखि सांसद, पूर्वसांसद, जिल्ला तथा क्षेत्रीय तहका नेताहरूको उपस्थिति रहेको छ ।
पार्टी सभापति गगनकुमार थापाको नेतृत्वमा समूहगत राजनीति सीमित गर्ने संकेत आएपछि, कोइराला र पूर्णबहादुर खड्का पक्षले समानान्तर रूपमा आफ्ना भेला र छलफललाई तीव्र बनाएका छन्।
खड्काले पनि अघिल्लो दिन आफ्ना समर्थकहरूलाई बोलाएर रणनीति तय गरेका थिए।
विशेष महाधिवेशनलाई अस्वीकार गरेका यी दुई समूह अहिले पार्टीभित्र आफ्नो राजनीतिक हैसियत जोगाउने चरणमा देखिन्छन्।
निर्वाचन आयोग र सर्वोच्च अदालतबाट नयाँ कार्यसमितिले वैधता पाएपछि, उनीहरू दबाबमूलक राजनीति मार्फत आफ्नो स्थान सुरक्षित गर्न खोजिरहेका छन्।
यसले नेपाली कांग्रेसभित्र आन्तरिक ध्रुवीकरण अझ गहिरिने संकेत गरेको छ, जहाँ नेतृत्व र असन्तुष्ट समूहबीचको शक्ति परीक्षण आगामी दिनमा अझ स्पष्ट रूपमा देखिन सक्छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।