बुधबार, श्रावण २०,२०८३ 01:37:58
Bizshala
  • बुधबार, श्रावण २०,२०८३ 01:37:58
Bizshala
Global IME Bank Limited

नेपाल बिजनेस समिटको सह–आयोजकमा नियार्त ब्यवसायी महासंघ

नेपाल बिजनेस समिटको सह–आयोजकमा नियार्त ब्यवसायी महासंघ
New Office

काठमाण्डौ । नेपाल बिजनेस समिटको दोस्रो संस्करणमा निर्यात व्यवसायी महासंघ नेपाल सह–आयोजकको रूपमा जोडिएको छ । समझदारी पत्रमा महासंघका अध्यक्ष गोविन्द घिमिरे र नेपाल बिजनेस इन्स्टिच्युटका कार्यकारी अध्यक्ष विशाल गैरेबीच हस्ताक्षर भएको छ । समिट आगामी जेठ ४ गते आयोजना हुँदैछ, जसमा देशभरबाट करिब ४०० उद्यमीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ ।

निर्यात, कृषि, पर्यटन, ऊर्जा, एआई, आईटी तथा सूचना प्रविधिलाई मुख्य विषय बनाइएको समिटमा महासंघले निर्यात क्षेत्रका मुद्दाहरूलाई प्रमुख रूपमा उठाउने जनाएको छ । हस्ताक्षरपछि बोल्दै महासंघका अध्यक्ष घिमिरेले अर्थतन्त्रका वर्तमान चुनौती समाधानका लागि आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनलाई प्राथमिकता दिनुपर्ने बताए ।

नेपाल बिजनेस इन्स्टिच्युटका कार्यकारी अध्यक्ष गैरेले विभिन्न क्षेत्रका नीतिगत तथा व्यवहारिक चुनौती, सम्भावना र अवसरबारे उद्यमीहरूबीच व्यापक संवाद गरिने जानकारी दिए । 

साथै, ती विषयलाई कार्यान्वयनका लागि तीनै तहका सरकारसँग समन्वय गरिने उनले प्रतिबद्धता व्यक्त गरे ।

सम्झदारी कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष देवआनन्द सरावगी, महासचिव शिवप्रसाद भट्ट तथा इन्स्टिच्युटका कार्यक्रम निर्देशक भुवन उप्रेती र कार्यक्रम व्यवस्थापक चन्द्रभक्त अधिकारीको उपस्थिति थियो ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.