सोमबार, असार १५,२०८३ 08:05:49
Bizshala
  • सोमबार, असार १५,२०८३ 08:05:49
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

कांग्रेस सभापति थापाको टिप्पणी : सीमा क्षेत्रमा १०० रुपैयाँभन्दा माथिको सामानमा भन्सार नियम अव्यवहारिक

Laxmi Sunrise Bank Limited
कांग्रेस सभापति थापाको टिप्पणी : सीमा क्षेत्रमा १०० रुपैयाँभन्दा माथिको सामानमा भन्सार नियम अव्यवहारिक

काठमाण्डौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारले १०० रुपैयाँभन्दा बढी मूल्यका सामानमा भन्सार बुझाउनुपर्ने भनेर ल्याएको नियम सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकका लागि अव्यवहारिक भएको बताएका छन्।

सर्लाही–४ अन्तर्गतको सीमा क्षेत्र मधुवनीबाट फर्किएपछि सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै उनले त्यहाँका स्थानीयसँगको भेटघाटले आफूमा “गहिरो छटपटी र आक्रोश” उत्पन्न भएको बताएका छन्।

New Office
CG Motors
Garima Development Bank

थापा बुधबार आफ्नो निर्वाचन क्षेत्र सर्लाही पुगेका थिए। दुई दिनसम्म उनले स्थानीय नागरिकसँग प्रत्यक्ष अन्तर्क्रिया गरेका थिए।

उनका अनुसार सीमा क्षेत्रमा बस्ने नागरिकको दैनिक जीवनमा सरकारले लागू गर्न खोजेको नयाँ भन्सार नियमले थप कठिनाइ सिर्जना गरेको छ।

थापाले फेसबुकमा लेखेका छन् :  “सर्लाहीको सीमावर्ती क्षेत्र मधुवनीबाट फर्किँदा त्यहाँका नागरिकसँगको कुराकानीपछि गहिरो छटपटी र आक्रोश महसुस भयो।  

हालै संघीय सरकारले कडाइका साथ लागू गर्न खोजेको १०० रुपैयाँभन्दा बढीको सामानमा भन्सार बुझाउनुपर्ने नियमले उनीहरूको जीवन अझै कष्टकर बनाएको छ।”

 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

उनले सीमा क्षेत्रमा देखिएको अवस्था र नागरिकका गुनासाले राज्यको नीति र व्यवहारमाथि नै प्रश्न उठाएको टिप्पणी गरेका छन्।
थापाका अनुसार नीति कागजमा सहज देखिए पनि व्यवहारमा यसको असर सीमा क्षेत्रका नागरिकलाई प्रत्यक्ष रूपमा कठिन र बोझिलो भइरहेको छ, थापाले फेसबुकमा लेखेका छन्।

सीमा क्षेत्रका जनताको दैनिक आवश्यकतासँग जोडिएको यस्तो नीतिले व्यवहारिक चुनौती सिर्जना गरेको भन्दै राजनीतिक तहबाट यसको पुनर्विचारको माग उठ्न थालेको देखिन्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.