बुधबार, श्रावण २०,२०८३ 01:36:45
Bizshala
  • बुधबार, श्रावण २०,२०८३ 01:36:45
Bizshala
Global IME Bank Limited

उठीबासको विरोधमा सुकुम्बासी संघको कडा आन्दोलन, आम हड्तालको चेतावनी

उठीबासको विरोधमा सुकुम्बासी संघको कडा आन्दोलन, आम हड्तालको चेतावनी
New Office

काठमाण्डौं । सुकुम्बासी बस्ती हटाइएको विरोधमा अखिल नेपाल सुकुम्बासी संघले चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ।  

बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत संघले देशव्यापी दबाबमूलक कार्यक्रम अघि सार्दै चक्काजाम र आम हड्तालसम्म जाने चेतावनी दिएको हो।

संघले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई पदबाट हटाउन पहल गर्न राष्ट्रिय स्वतन्त्र पार्टीलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ।

संघका अनुसार वैशाख ३१ गते काठमाडौंमा पत्रकार सम्मेलन गरी ‘राइट टु रिकल’को विषय उठाइनेछ।

सोही दिन मेची–महाकाली राजमार्गमा चक्काजाम गर्ने कार्यक्रम तय गरिएको छ।

जेठ १ देखि ७ गतेसम्म देशभर हस्ताक्षर संकलन अभियान सञ्चालन गरिनेछ, जसमा जनप्रतिनिधिलाई फिर्ता बोलाउने माग उठाइनेछ।

संघले जेठ ७ गतेबाट देशव्यापी अनिश्चितकालीन आम हड्ताल शुरु गर्ने चेतावनी दिएको छ।  

उक्त आन्दोलनमा भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको व्यापक सहभागिता रहने बताइएको छ।

आन्दोलनअघि संघले राष्ट्रियसभा, प्रतिनिधिसभा र प्रदेशसभाका सांसदहरूलाई ज्ञापनपत्र बुझाउने जनाएको छ।

 

ज्ञापनपत्रमा जबर्जस्ती उठीबास रोक्न र भूमिहीनलाई लालपूर्जा उपलब्ध गराउन माग गरिनेछ।

यसैगरी स्थानीय तह, भूमि समस्या समाधान आयोग, जिल्ला प्रशासन, नापी, भूमि र वन कार्यालयमा समेत मागपत्र बुझाउने कार्यक्रम राखिएको छ।

काठमाडौंसहित प्रमुख शहरहरूमा भइरहेको उठीबासको विरोधमा सत्तारूढ दलका जिल्ला कार्यालयमा शान्तिपूर्ण विरोधपत्र बुझाइने कार्यक्रम पनि समावेश गरिएको छ।

सुकुम्बासीको माग सम्बोधन नभए आन्दोलन थप कडा बनाइने संकेत दिँदै संघले सरकारमाथि दबाब बढाउने रणनीति लिएको छ। 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.