सोमबार, असार १५,२०८३ 08:05:27
Bizshala
  • सोमबार, असार १५,२०८३ 08:05:27
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

आज बुद्ध जयन्ती मनाइँदै, सेयर बजार बन्द रहने

Laxmi Sunrise Bank Limited
आज बुद्ध जयन्ती मनाइँदै, सेयर बजार बन्द रहने

काठमाण्डौ । आज  २५७० औँ बुद्ध जयन्ती मनाइदैंछ । गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि वैशाख शुक्ल पूर्णिमाकै दिन पर्ने भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले आज बुद्ध जयन्तीको रुपमा मनाउँदै आएका छन् ।  

गौतम बुद्धको जन्म लुम्बिनीमा आजभन्दा २५७० वर्षअघि इसापूर्व ५६३ मा वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो । राजा शुद्धोधन र रानी मायादेवीको कोखबाट जन्मिएका सिद्धार्थ गौतम २९ वर्षको उमेरमा घरबार र दरबार त्यागी ज्ञानको खोजीमा लागेका थिए । उनले ६ वर्षको तपस्यापछि ३५ वर्षको उमेरमा भारतको बौद्धगयामा वैशाख शुक्ल पूर्णिमाकै दिन बुद्धत्व पा्रप्त गरेका थिए ।  

New Office
CG Motors
Garima Development Bank

आज बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा बत्ति बालि लामा एवं बौद्ध धर्मगुरुले पूजा र ध्यान गर्ने गर्छन् । आज लुम्बिनी, स्वयम्भू, बौद्धलगायतका बौद्ध बिहारमा विविध कार्यक्रम आयोजना गरी बुद्ध जयन्ती मनाउने गरिन्छ ।

यसैगरी आज किराँत समुदायमा उभौली पर्व मनाइँदै छ । प्रकृतिका पुजारी यस समुदायले बैशाख पूर्णिमाका दिन अन्नबाली सप्रियोस, राम्रो बाली लागोस, पृथ्वीमा कही कतै खाधान्नको कमी नहोस भन्दै यस उभौली पर्व मनाउँछन् ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सरकारले आज बुद्ध जयन्ती र उभौली पर्वका अवसरमा सार्वजनिक बिदा दिएको छ । 

त्यसैले आज देशका सम्पूर्ण सरकारी कार्यालय,सेयर बजार, बैंक वित्तीय संस्था र शैक्षिक संस्था लगायत बन्द रहने छन् । आज नेपाल स्कट एक्सचेञ्ज(नेप्से) पनि बन्द रहनेछ । यस कारण आज दोस्रो बजारमा सेयर कारोबार हुने छैन ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.