काठमाण्डौं । बागलुङको ढोरपाटन नगरपालिकाले ४८ जना किसानलाई ५० प्रतिशत अनुदानमा यान्त्रिक हलो वितरण गरेको छ ।
उत्पादन वृद्धि र कृषिमा आधुनिक प्रविधि प्रवर्द्धन गर्ने उद्देश्यले किसानलाई उक्त सहयोग प्रदान गरिएको हो ।
नगरपालिकाका नौवटै वडामा व्यावसायिक खेती गर्दै आएका किसानलाई यान्त्रिक हलो उपलब्ध गराइएको हो ।
उपप्रमुख धनबहादुर कायतका अनुसार हलो खरिदका लागि २४ लाख रुपैयाँ खर्च भएको छ ।
ढोरपाटन क्षेत्रमा मुख्यतया आलु, सिमी लगायतका सागसब्जी खेती हुँदै आएको छ ।
अनुदानमा यान्त्रिक हलो पाएपछि किसानहरू उत्साहित भएका छन् ।

