काठमाण्डौ । सिईडिबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको ५९ लाख कित्ता बढी सेयरको लक–इन समयावधि वैशाख ३० गते समाप्त हुने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै आगामी वैशाख ३० गते संस्थापक सेयरधनीहरु र कर्मचारीको लक इनमा राखिएको सेयरको लक–इन अवधि समाप्त हुन लागेको जनाएको हो ।
कम्पनीले २०७८ वैशाख १७ गतेदेखि वैशाख २१ गतेसम्म सर्वसाधारण(कर्मचारी समेत) लाई आईपीआो निष्कासन गरेको थियो । उक्त आईपीओ सर्वसाधारणलाई सोहि वर्षको वैशाख ३१ गते बाँडफाँड गरिएको थियो ।
कम्पनीको संस्थापकको स्वामित्वमा रहेको ५८ लाख ७५ हजार ८७० कित्ता र कर्मचारीको स्वामित्वमा रहेको ५० हजार ३६५ कित्ता गरी कुल ५९ लाख २६ हजार २३५ कित्ता सेयरको लक–इन अवधि वैशाख ३१ मा समाप्त हुन लागेको हो ।
कम्पनीको आईपीओ बाँडफाँड भएको मितिले ३ वर्षसम्म संस्थापक र कर्मचारीको स्वामित्वमा रहेको सेयर लक इनमा रहने प्रावधान रहेको छ । कम्पनीको आईपीओ बाँडफाँड सम्पन्न भएको ३ वर्ष पुरा हुन लागेकाले उक्त सेयरहरुको लक इन अवधि समाप्त हुन लागेको हो ।