काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण नियन्त्रणसँग सम्बन्धित नयाँ अध्यादेश जारी गरेका छन्।
राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार मन्त्रिपरिषद्को सिफारिसमा आएको सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश-०८३ राष्ट्रपतिबाट स्वीकृत भई जारी गरिएको हो।
सरकारले यसअघि नै विभिन्न ८ वटा अध्यादेश राष्ट्रपतिको कार्यालयमा पठाइसकेको छ। तीमध्ये सहकारी र सार्वजनिक खरिदसम्बन्धी अध्यादेश भने पहिले नै जारी भइसकेका छन् भने बाँकी अध्यादेशहरू अध्ययनको क्रममा रहेका छन्।
यसैबीच, केही संवेदनशील अध्यादेश(विशेषगरी संवैधानिक परिषद्सम्बन्धी) विषयमा राष्ट्रपति पौडेलले बिहीबार कानुनविद्हरूसँग परामर्शसमेत गरेका थिए।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।