मंगलवार, श्रावण १२,२०८३ 05:49:42
Bizshala
  • मंगलवार, श्रावण १२,२०८३ 05:49:42
Bizshala
Global IME Bank Limited

२४ घण्टामा १,७२० सवारी चालकलाई सवारी नियम उल्लङ्घनमा कारबाही, ८ लाख ५८ हजार राजस्व संकलन

२४ घण्टामा १,७२० सवारी चालकलाई सवारी नियम उल्लङ्घनमा कारबाही, ८ लाख ५८ हजार राजस्व संकलन
New Office

काठमाण्डौं । बितेका २४ घण्टामा १,७२० सवारी चालकलाई विभिन्न सवारी नियम उल्लङ्घनको आरोपमा कारबाही गरिएको छ।  

यसबाट राज्यकोषमा रु ८ लाख ५८ हजार राजस्व संकलन भएको ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार, मादक पदार्थ सेवन गरेको १३६ जना, ‘राइड सेयरिङ’ नियमको उल्लङ्घन गर्ने १२४ जना, ट्राफिक सङ्केत उल्लङ्घन गर्ने १२९ जना र तीव्र गतिमा सवारी चलाएका १७५ जनालाई कारबाही गरिएको हो।

 

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने २०६, निषेधित क्षेत्रमा हर्न बजाउने २८, सडक पेटीमा सवारी पार्किङ गर्ने ९२, निर्धारित स्थानमा यात्री चढाउने र ओराल्ने नियम उल्लङ्घन गर्ने २० र अन्य सवारी नियम उल्लङ्घन गर्ने १,८१० जनालाई पनि कारबाही गरिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.