सोमबार, असार १५,२०८३ 06:36:47
Bizshala
  • सोमबार, असार १५,२०८३ 06:36:47
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

हावाहुरीले इनरुवादेखि देवानगञ्जसम्म मकैबाली नष्ट, किसान चिन्तित

Laxmi Sunrise Bank Limited
हावाहुरीले इनरुवादेखि देवानगञ्जसम्म मकैबाली नष्ट, किसान चिन्तित

काठमाण्डौं । सुनसरीको इनरुवालगायत विभिन्न स्थानीय तहमा बुधबार राति आएको तीव्र हावाहुरीले व्यावसायिक मकैखेतीमा ठूलो क्षति पुर्‍याएको छ।

इनरुवा, भोक्राहा, हरिनगर र देवानगञ्ज क्षेत्रमा लगाइएको मकैबाली हुरीका कारण व्यापक रूपमा नष्ट भएपछि किसानहरू चिन्तित भएका छन्।

New Office
CG Motors
Garima Development Bank

कृषि ज्ञान केन्द्रका प्रमुख निलकमल सिंहका अनुसार प्रारम्भिक मूल्याङ्कनमा हावाहुरीका कारण कुल मकै उत्पादनमा करिब १० देखि २० प्रतिशतसम्म कमी आउने अनुमान गरिएको छ।  

उनले हाल जिल्लाभर भएको वास्तविक क्षतिको विवरण सङ्कलन भइरहेको पनि बताए।

भोक्राहा–६ का किसान नगेन्द्रकुमार साहले करिब १ बिघा १५ कठ्ठा क्षेत्रफलमा लगाएको मकैखेती पूर्ण रूपमा नष्ट भएपछि ठूलो आर्थिक नोक्सानी व्यहोर्नुपरेको बताए। 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

उनका अनुसार यस खेतीमा करिब १ लाख ५० हजार रुपैयाँ लगानी गरिएको थियो भने ४ लाख रुपैयाँसम्म आम्दानी हुने अपेक्षा थियो। अहिले भने लगानी नै जोगाउन कठिन अवस्था आएको उनले गुनासो गरे।

पछिल्लो समय जिल्लामा गहुँभन्दा मकैखेतीतर्फ किसानहरूको आकर्षण बढ्दो देखिएको छ।  

कृषि ज्ञान केन्द्रका अनुसार आर्थिक वर्ष २०८२/८३ मा सुनसरीमा ११ हजार २०० हेक्टर क्षेत्रफलमा हिउँदे र वसन्ते मकैखेती गरिएको थियो।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.