सोमबार, असार १५,२०८३ 06:36:41
Bizshala
  • सोमबार, असार १५,२०८३ 06:36:41
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

लगातार वर्षाले तरकारी उत्पादन घट्यो, मूल्य आकासियो

Laxmi Sunrise Bank Limited
लगातार वर्षाले तरकारी उत्पादन घट्यो, मूल्य आकासियो

काठमाण्डौं । लगातारको वर्षाका कारण तरकारीबालीमा क्षति पुग्दा उत्पादनमा उल्लेख्य गिरावट आएको छ।  

मधेश प्रदेशको प्रमुख केन्द्र मानिने लालबन्दी थोक तरकारी बजारमा किसानहरूले पहिलेको तुलनामा निकै कम परिमाणमा हरियो तरकारी ल्याइरहेका छन्।

व्यापारी मोहम्मद उस्मानका अनुसार एक हप्ताअघि दैनिक ८ क्विन्टलसम्म बोडी ल्याउने किसान अहिले मुस्किलले १–१.५ क्विन्टल मात्र ल्याइरहेका छन्।

 

New Office
CG Motors
Garima Development Bank

सर्लाहीमा एक सातादेखि परेको निरन्तर वर्षाले बाली डुबानमा परेर उत्पादन घटेको किसानहरू बताउँछन्।  

लालबन्दी–१०, हिरापुरका किसान राममिलन रायका अनुसार भारी वर्षाका कारण बोट नै नष्ट हुँदा उत्पादन हुन सकेको छैन।

उत्पादन घटेसँगै मूल्यमा ठूलो वृद्धि भएको छ। एक हप्ताअघि प्रतिकेजी १०–१५ रुपैयाँमा पाइने बोडी अहिले ६०–८० रुपैयाँ पुगेको छ। 

परबर ४० बाट ५५ रुपैयाँ र भिन्डी ३० बाट ४५–५० रुपैयाँ प्रतिकेजीसम्म पुगेको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

मूल्य वृद्धि किसानका लागि केही राहत भएपनि उपभोक्ता भने महँगीको मारमा परेका छन्।  

उत्पादन घटेपछि सर्लाहीबाट अन्य सहरमा जाने तरकारी आपूर्तिमा पनि कमी आएको बजार व्यवस्थापन पक्षले जनाएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.