मंगलवार, श्रावण १९,२०८३ 11:04:03
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 11:04:03
Bizshala
Global IME Bank Limited

अमेरिकी डलर स्थिर, अन्य मुद्रामा उतारचढाव

अमेरिकी डलर स्थिर, अन्य मुद्रामा उतारचढाव
New Office

काठमाण्डौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर, कुवेती दिनार र बहराइन दिनारको विनिमयदर स्थिर रहेको छ।

यता अस्ट्रेलियन डलर केही महँगिएको छ भने युरो र पाउन्ड स्ट्रलिङको दर घटेको छ।

आज अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १५२ रुपैयाँ १६ पैसा कायम छ।

यो दर हालसम्मकै उच्च रहेको र पछिल्ला तीन दिनदेखि स्थिर रहेको जनाइएको छ।

युरो एकको खरिददर १७७ रुपैयाँ ६४ पैसा र बिक्रीदर १७

८ रुपैयाँ ३५ पैसा तोकिएको छ, जुन हिजोको तुलनामा घटेको हो।

पाउन्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपैयाँ ७५ पैसा र बिक्रीदर २०६ रुपैयाँ ५६ पैसा कायम गरिएको छ, जुन पनि अघिल्लो दिनको तुलनामा घटेको छ।

त्यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ २१ पैसा र बिक्रीदर १०९ रुपैयाँ ६४ पैसा पुगेको छ, जुन हिजोभन्दा केही बढेको हो।

कुवेती दिनार एकको विनिमयदर ४९४ रुपैयाँ ०८ पैसा (खरिद) र ४९६ रुपैयाँ ०४ पैसा (बिक्री) रहेको छ, जुन पाँच दिनदेखि स्थिर छ।

बहराइन दिनार एकको खरिददर ४०१ रुपैयाँ ३५ पैसा र बिक्रीदर ४०२ रुपैयाँ ९४ पैसा कायम रहेको छ, जुन हिजो पनि यथावत् थियो।

राष्ट्र बैंकले आवश्यकतानुसार विनिमयदर जुनसुकै बेला परिवर्तन गर्न सकिने जनाएको छ।  

वाणिज्य बैंकहरूले तोक्ने दर फरक हुन सक्ने र अद्यावधिक विवरण केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने पनि उल्लेख गरिएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.