शनिबार, आश्विन ३१,२०८३ 05:23:37
Bizshala
  • शनिबार, आश्विन ३१,२०८३ 05:23:37
Bizshala
Global IME Bank Limited

नयाँ वर्षदेखि ठमेल र दरबारमार्ग रातभर जाग्ने

Bizshala
नयाँ वर्षदेखि ठमेल र दरबारमार्ग रातभर जाग्ने
New Office

काठमाण्डौ । नयाँ वर्ष २०८१ सालदेखि पर्यटकीय केन्द्र ठमेल र दरबारमार्ग अब चौबीसै घण्टा खुला हुने भएको छ । लामो समयदेखि खुलाउने भनिए पनि सबै निकायको तयारीपछि वैशाख १ गतेबाट कार्यान्वयन गर्ने निर्ण भएको ठमेल पर्यटन विकास परिषदका अध्यक्ष भविश्वर शर्माले बताए ।  

यसअघि पोखरामा पनि रातभर क्लब, दोहोरी, डिस्को तथा लाइभ म्युजिकजस्ता व्यवसायहरु सञ्चालन गर्न पाउने व्यवस्था कार्यान्वयन भइसकेको छ ।  

पोखरापछि काठमाण्डौको पर्यटकीय क्षेत्र ठमेल र दरबारमार्गमा पनि यस्ता व्यवसाय रातभर सञ्चालन गर्न पाउने निर्णय भएको हो । यो निर्णय कार्यान्वयनमा आएपछि ठमेलमा विदेशी तथा स्वदेशी पर्यटकको आगमन बढ्ने र व्यवसाय पनि बढ्ने आशा गरिएको छ ।  

कोभिड महामारीले विस्थापित भएको र आर्थिक मन्दीले सुस्ताको पर्यटन क्षेत्र सुधारिँदै जाने व्यवसायीहरुले अपेक्षा लिएका छन् । चौबिसै घण्टा यस्ता व्यवसाय सञ्चालन हुँदा यसले बजार चलायमान बनाउनुका साथै राजश्व संकलन पनि वृद्धि हुने एक व्यवसायीले बताए ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

ठमेल पर्यटन विकास परिषदका अनुसार अहिले ठमेलमा करिब ८ हजार विभिन्न किसिमा व्यवसाय सञ्चालित छन् । साथै ६० हजार भन्दा बढीले ठमेलमा रोजगारीको अवसर पाएका छन् ।  

रात्रिकालिन व्यवसाय अन्तर्गत होटल, रेस्टुरेन्ट, बार, लाउन्ज, डान्स क्लब, दोहोरी साँझ पर्छन । यसअघि दोहोरी साँझ रातको १२ बजेसम्म र डान्स क्लबहरु २–३ बजेसम्म सञ्चालन हुँदै आएका थिए ।  

वैशाख १ गतेदेखि रातभर व्यवसाय सञ्चालन गर्न पाउने भएपछि विदेशी तथा स्वदेशी पर्यटकहरुको चहलपहल बढ्ने एक व्यवसायीले बताए ।  

अर्थमन्त्री वर्षमान पुनले समेत पर्यटन क्षेत्रबाट नेपालको कुल गार्हथ्य उत्पादन (जीडीपी)मा ठूलो योगदान पुर्याएको बताउँदै आएका छन् । आगामी आव २०८०/८१ को लागि समेत अर्थमन्त्री पुनले पर्यटन क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर बजेट निर्माण गर्न बताएका छन् ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.