सोमबार, असार १५,२०८३ 05:00:27
Bizshala
  • सोमबार, असार १५,२०८३ 05:00:27
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

धरौटीमा छुटेका शेखर गोल्छा पुनः पक्राउ

Laxmi Sunrise Bank Limited
धरौटीमा छुटेका शेखर गोल्छा पुनः पक्राउ

काडमाण्डौ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले व्यवसायी शेखर गोल्छालाई पुनःपक्राउ गरेको छ । धितोपत्र कसुरमा ५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएलगत्तै गोल्छा पुनः पक्राउ परेका हुन् ।

New Office
CG Motors
Garima Development Bank

सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको इजलासले धितोपत्रसम्बन्धी मुद्दामा गोल्छालाई धरौटीमा छाड्न आदेश दिएको थियो। अदालतले अनुसन्धानका क्रममा आवश्यक प्रक्रिया पूरा नगरी हिरासतमा राखिएको ठहर गर्दै पूर्व आदेशहरू बदरसमेत गरेको थियो।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

तर, अदालतको आदेश सार्वजनिक भएको केही घण्टामै सीआईबीले उनलाई बीमा ऐन, २०७९ अन्तर्गतको छुट्टै कसुरमा पुनः पक्राउ गरेको छ। 

बीमा ऐन, २०७९ अनुसारको कसुरको सम्बन्धमा चाहिँ पक्राउ अनुमति जारी नभएको र निवेदनमा समेत त्यसबारे जिकिर नभएको भन्दै बोलिराख्न नपर्ने अदालतले आदेशमा उल्लेख गरेको थियो । यो आदेशपछि प्रहरीले सोही कसुरमा गोल्छालाई पक्राउ गरेको हो ।

गोल्छालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले वैशाख १० गते काठमाडौंको नक्सालबाट पक्राउ गरेको थियो।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.