मंगलवार, श्रावण १९,२०८३ 11:05:54
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 11:05:54
Bizshala
Global IME Bank Limited

स्मार्ट टेलिकमका सञ्चालक सर्वेश जोशी पक्राउ

स्मार्ट टेलिकमका सञ्चालक सर्वेश जोशी पक्राउ
New Office

काठमाण्डौ । स्मार्ट टेलिकमका सञ्चालक सर्वेश जोशीलाई पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जोशीलाई ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी आरोपमा काठमाण्डौबाट वैशाख २१ गते पक्राउ गरेको हो। उनलाई अदालतको अनुमति लिएर पक्राउ गरिएको र हाल अनुसन्धानको चरणमा रहेको प्रहरीले जनाएको छ।

स्मार्ट टेलिकम प्रालिले नेपाल दूरसञ्चार प्राधिकरण बाट २०७० सालमा आधारभूत टेलिफोन सेवा सञ्चालनको अनुमतिपत्र लिएको थियो। तर, नियमानुसार समयमै नवीकरण नगरेपछि कम्पनीको लाइसेन्स दूरसञ्चार ऐन, २०५३ अनुसार २०८० वैशाख ३ गतेदेखि स्वतः रद्द भएको थियो।

लाइसेन्स रद्द भएसँगै कम्पनीका सम्पूर्ण पूर्वाधार, सञ्जाल र सम्पत्ति प्राधिकरणको नियन्त्रणमा गएको थियो। यद्यपि, अनुसन्धान अनुसार ती सम्पत्तिमा अनधिकृत हस्तक्षेप भएको आशंका गरिएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.