सोमबार, असार १५,२०८३ 05:00:16
Bizshala
  • सोमबार, असार १५,२०८३ 05:00:16
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

वर्षापछिको पहिरोले मुख्य राजमार्ग ठप्प, यात्रु बीच बाटोमै अलपत्र

Laxmi Sunrise Bank Limited
वर्षापछिको पहिरोले मुख्य राजमार्ग ठप्प, यात्रु बीच बाटोमै अलपत्र

काठमाण्डौं । अविरल वर्षापछि आएको बाढी–पहिरोले देशभरका मुख्य राजमार्गहरू अझै सामान्य हुन सकेका छैनन्।

धेरै ठाउँमा सडक पूर्ण रूपमा बन्द हुँदा यात्रुहरू बीचमै अलपत्र परेका छन् भने चालकहरू घण्टौँसम्म जाममा बस्न बाध्य भएका छन्।

प्रहरीका अनुसार अहिले बीपी राजमार्ग, अरनिको राजमार्ग र मध्यपहाडी राजमार्ग का विभिन्न खण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध छन्। 

New Office
CG Motors
Garima Development Bank

काभ्रेको नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिका क्षेत्रका विभिन्न स्थानमा पहिरो खसेपछि बीपी राजमार्ग सोमबार साँझदेखि नै ठप्प बनेको हो।

त्यस्तै, सिन्धुपाल्चोकको कोदारी नजिक पहिरो खस्दा अरनिको राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा रोकिएको छ।  

उता लमजुङको बिमिरे भञ्ज्याङ क्षेत्रमा पहिरो खसेपछि मध्यपहाडी राजमार्ग पनि सञ्चालनमा आउन सकेको छैन।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

आंशिक रूपमा मात्रै सवारी चलेका सडकहरू पनि छन्। कान्ति लोकपथ अन्तर्गत ललितपुर र मकवानपुर खण्डमा एकतर्फी मात्र यातायात सञ्चालन भइरहेको छ भने म्याग्दीको बेनी–जोमसोम सडक पनि एकतर्फी खुला गरिएको छ।

प्रहरी र सम्बन्धित निकायले पहिरो पन्छाउने काम तीव्र बनाएका छन्। मौसममा सुधार आएमा अवरुद्ध सडकहरू क्रमशः खुलाउने तयारी भइरहेको जनाइएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.