मंगलवार, श्रावण १९,२०८३ 10:14:38
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 10:14:38
Bizshala
Global IME Bank Limited

एमआरपी विवादले वीरगन्ज भन्सार ठप्प, हजारौँ ट्रक सीमा क्षेत्रमा अलपत्र

एमआरपी विवादले वीरगन्ज भन्सार ठप्प, हजारौँ ट्रक सीमा क्षेत्रमा अलपत्र
New Office

काठमाण्डौं । मुलुकको प्रमुख आयात नाका वीरगन्ज भन्सार कार्यालयमा सेवा प्रवाह एक सातादेखि ठप्पजस्तै बनेको छ।  

अनिवार्य रूपमा लागू गरिएको अधिकतम खुद्रा मूल्य ९एमआरपी० सम्बन्धी नयाँ व्यवस्था कार्यान्वयनमा देखिएको विवादका कारण भन्सार जाँचपास प्रक्रिया प्रभावित भएको हो।

गत वैशाख १५ गतेदेखि लागू भएको एमआरपी नियमलाई लिएर आयातकर्ता तथा निर्यातकर्ताले असहमति जनाउँदै जाँचपास प्रक्रियामा सहभागी नहुँदा पेट्रोलियम पदार्थ, औद्योगिक कच्चा पदार्थ तथा केही अत्यावश्यक वस्तु बाहेक अन्य सबै सामानको क्लियरेन्स रोकिएको छ।

भन्सार कार्यालयका अनुसार दैनिक सयौँ मालवाहक सवारीसाधन थपिँदै जाँदा भारतको रक्सौल नाकातर्फ समेत ट्रकहरूको लामो लाइन देखिन थालेको छ।

अहिले करिब एक हजारभन्दा बढी सवारीसाधन जाँचपास नहुँदा रोकिएको अनुमान गरिएको छ।

भन्सारले प्रक्रिया सञ्चालन गर्न तयारी अवस्थामा रहे पनि आयातकर्ताले फाराम भर्ने र घोषणा गर्ने प्रक्रिया नै बहिष्कार गरेपछि काम अगाडि बढ्न नसकेको जनाएको छ।  

सम्बन्धित निकायबीच समन्वय भइरहेको र समस्या छिट्टै समाधान हुने अपेक्षा गरिएको छ।

नाका व्यवस्थापनमा संलग्न निजी पक्षले समेत सीमा क्षेत्रमा ट्राफिक जाम र ट्रकको चाप बढ्दै गएको जनाएको छ।  

लामो समयसम्म समस्या समाधान नभए राज्यको राजस्व संकलन र निजी क्षेत्र दुवैमा असर पर्ने व्यवसायीहरूको भनाइ छ।

वीरगन्ज भन्सारले सामान्य अवस्थामा दैनिक ५० देखि ६० करोड रुपैयाँ राजस्व संकलन गर्दै आएको छ।  

तर, हालको अवरोधले व्यापारिक गतिविधि ठप्प जस्तै बनेको व्यवसायीहरूले बताएका छन्।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.