मंगलवार, श्रावण १९,२०८३ 09:49:03
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 09:49:03
Bizshala
Global IME Bank Limited

‘पेट्रोलियम पदार्थको मूल्य घटाउन सम्भव छैन, राज्यले घाटा खाएर बिक्री गरिरहेको छ’

‘पेट्रोलियम पदार्थको मूल्य घटाउन सम्भव छैन, राज्यले घाटा खाएर बिक्री गरिरहेको छ’
New Office

काठमाण्डौ । इरान अमेरिका युद्धपश्चात निरन्तर वृद्धि भईरहेको इन्धनको मूल्य तत्कालै नघट्ने देखिएको छ  । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले सरकारले पेट्रोलियम पदार्थ लगायतका इन्धनको मूल्य घटाउन सकिने अवस्था नरहेको बताएका हुन् ।

उनले आज संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै यस्तो बताएका हुन् ।  इन्डियन आयल कर्पोरेसनले तोकेको मूल्यअनुसार बिक्री गर्नुपर्ने भएकाले इन्धनको मूल्य घटाउन सकिने अवस्था नरहेको उनले स्पष्ट पारे । सोही कारण पेट्रोलियम पदार्थ तथा अन्य इन्धनको मूल्य बढाउनु पर्ने बाध्यता रहेको समेत उनले अवगत गराए ।

सरकारले घाटा खाएर भएपनि यसको व्यापार गरिरहेको उनले दाबी गरे । उनले जनतालाई अधिक आर्थिक बोझ नपरोस् भन्ने अभिप्रायले स्वचालित मूल्यमा इन्धनको बिक्री नगरेको समेत स्पष्ट पारे । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.