बुधबार, आश्विन २१,२०८३ 03:25:45
Bizshala
  • बुधबार, आश्विन २१,२०८३ 03:25:45
Bizshala
Global IME Bank Limited

महेश बस्नेतकी श्रीमतीसहित १० जनाविरुद्ध ज्यान मार्ने मुद्दा

Bizshala
महेश बस्नेतकी श्रीमतीसहित १० जनाविरुद्ध ज्यान मार्ने मुद्दा
New Office

काठमाण्डौं । माइतीघर मण्डलामा धर्नामा रहेकी शोभा पाठकमाथि भएको आक्रमण प्रकरणमा ज्यान मार्ने उद्योगको अभियोगमा १० जनाविरुद्ध मुद्दा दायर गरिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले मंगलबार जिल्ला अदालत काठमाडौँमा उक्त मुद्दा दर्ता गरेको हो । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

अभियोगपत्रमा महेश बस्नेतकी पत्नी अम्बिका भण्डारी (बस्नेत) सहित १० जनालाई प्रतिवादी बनाइएको छ ।

सरकारी वकिल कार्यालयका अनुसार मुलुकी अपराध संहिता, २०७४ को दफा १८३ अनुसार ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा अघि बढाइएको हो ।

घटनापछि सार्वजनिक भएको विवरणअनुसार गत वैशाख १४ गते माइतीघर मण्डलामा आमरण अनसनमा बसेकी जानुका पाठक (शोभा पाठक)माथि समूहगत रूपमा आक्रमण भएको थियो ।  

सो आक्रमणका क्रममा उनी घाइते भएकी थिइन् । प्रहरीका अनुसार व्यक्तिगत आरोप–प्रत्यारोप र चरित्र हत्यासम्बन्धी विवाद चर्किँदै जाँदा घटना भएको देखिएको छ ।

घटनापछि प्रहरीले संलग्न भनिएका व्यक्तिहरूलाई नियन्त्रणमा लिएको थियो । हाल मुद्दा अदालतमा पुगेसँगै घटनाको कानूनी प्रक्रिया अघि बढेको छ ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.