काठमाण्डौं । कर्णाली प्रदेश समन्वय परिषद्को ११औँ बैठक वीरेन्द्रनगर, सुर्खेतमा शुरु भएसँगै विकास आयोजना र नीति निर्माणमा गति दिने अपेक्षा गरिएको छ।
मुख्यमन्त्री यामलाल कँडेलको नेतृत्वमा भइरहेको बैठकमा अघिल्लो बैठकका निर्णयहरूको समीक्षा गर्दै प्रदेश र स्थानीय तहबीच सञ्चालित योजनाहरूलाई प्रभावकारी बनाउने उपायहरूबारे छलफल भइरहेको छ।
साथै आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रमलाई व्यवहारिक र परिणाममुखी बनाउने दिशामा ध्यान केन्द्रित गरिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।