काठमाण्डौं । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले आज पूर्वमहान्यायाधिवक्ताहरूसँग परामर्श गर्ने भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजेदेखि ५ बजेसम्म छलफल हुने कार्यक्रम छ।
प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले संविधान संशोधनका सम्भावित विषयहरूमा सुझाव संकलन गर्ने जनाएको छ।
संविधान संशोधन प्रक्रियालाई अघि बढाउन गठन गरिएको कार्यदलले कानूनी विज्ञहरूको राय संकलनलाई प्राथमिकता दिएको छ।
पूर्वमहान्यायाधिवक्ताहरूसँग हुने छलफललाई संविधानका जटिल प्रावधानहरूको व्याख्या र सुधारका सम्भावित क्षेत्र पहिचान गर्ने अवसरका रूपमा लिइएको छ।
यसले भविष्यमा हुने संशोधनलाई कानूनी रूपमा बढी स्पष्ट र व्यवहारिक बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।
कार्यदलले प्राप्त सुझावलाई समेटेर अन्तिम दस्तावेज तयार गर्ने तयारी गरेको छ।

