काठमाण्डौं । तमिलनाडु विधानसभा चुनावमा कुनै पनि दलले सरकार गठनका लागि आवश्यक ज्ञज्ञड सिटको बहुमत प्राप्त गर्न सकेका छैनन्।
तर, अभिनेता विजय नेतृत्वको तमिलगा वेत्री कड़गम (TVK) ज्ञण्ड सिट जित्दै राज्यको सबैभन्दा ठूलो दल बनेको छ।
संवैधानिक विशेषज्ञहरूका अनुसार विधानसभा कार्यकाल १० मेमा समाप्त हुने भएकाले त्यसअघि नै नयाँ सरकार गठन गरी बहुमत प्रमाणित गर्नुपर्ने हुन्छ।
सरकार गठनका सम्भावित विकल्प
कानूनी जानकारहरूका अनुसार TVK ले साना दलहरूको समर्थन जुटाएर सरकार बनाउन सक्ने सम्भावना छ।

यदि आवश्यक बहुमत नपुगेमा विजयले मुख्यमन्त्री पदको शपथ लिएर १५ दिनभित्र विश्वासमत लिनुपर्ने संवैधानिक विकल्प पनि खुला रहेको बताइएको छ।
गठबन्धनको सम्भावना
TVK को समर्थनमा केही गैर–डीएमके र गैर–एआईएडीएमके दलहरू आउने संकेत देखिएको छ।
कांग्रेसका केही विधायक, वाम दलहरू र डीएमडीकेका प्रतिनिधिहरूले समर्थन दिन सक्ने चर्चा भएपनि अधिकांश दलहरूले औपचारिक निर्णय सार्वजनिक गरेका छैनन्।
वरिष्ठ पत्रकारहरूका अनुसार स्पष्ट बहुमत नजुटे पनि विजयले समर्थन पत्रसहित राज्यपालसमक्ष सरकार गठनको दाबी पेश गर्न सक्ने सम्भावना बलियो छ।

राजनीतिक समीकरणमा परिवर्तन
डीएमके गठबन्धन र अन्य क्षेत्रीय दलहरू अझै निर्णयमा पुगेका छैनन्। कांग्रेस र वाम दलहरूले पनि तत्काल TVK लाई समर्थन गर्ने स्पष्ट संकेत दिएका छैनन्।
विश्लेषकहरूले TVK को उदयले तमिलनाडुको परम्परागत दुईध्रुवीय राजनीति (डीएमके–एआईएडीएमके) मा ठूलो परिवर्तन ल्याएको टिप्पणी गरेका छन्।
अब सरकार गठनको प्रक्रिया गठबन्धनको गणितमा निर्भर रहनेछ।

