शुक्रबार, पुष १२,२०८१ 05:47:11
IME remit
  • शुक्रबार, पुष १२,२०८१ 05:47:11
IME remit
Global IME Bank Limited

३५% लाभांश पारित गर्न सूर्यज्योति लाइफ इन्स्योरेन्सले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

Hyundai Nepal
३५% लाभांश पारित गर्न सूर्यज्योति लाइफ इन्स्योरेन्सले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?
Nabil Bank Limited

काठमाण्डौ। सूर्यज्योति लाइफ इन्स्योरेन्सले वार्षिक साधारण सभा डाकेको छ । गत चैत २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले १६ औं वार्षिक साधारण सभा डाकेको हो । बैैठकले आगामी वैशाख २१ बिहान १० बजे विराटनगरको होटल हैरिसन प्यालेसमा सभा आयोजना गर्ने निर्णय गरेको छ ।  

उक्त सभामा कम्पनीको सञ्चाल समितिद्वारा प्रस्तावित ३५ प्रतिशत लाभांश पारित गरिनेछ । कम्पनी गत चैत २० गते बसेको सञ्चालक समितिले चुक्तापूँजीको १०.२६ प्रतिशत बोनस सेयर र २४.७४ प्रतिशत नगद लाभांश गरी कुल ३५ प्रतिशत लाभांश घोषणा गरेको थियो । प्रस्तावित लाभांशमा हाल कायम चुक्तापूँजी ४ अर्ब ५४ करोड ५५ लाख ७२ हजार १०० रुपैयाँबराबरको १०.२५ प्रतिशतले हुन आउने ४६ करोड ६३ लाख ७५ हजार ६९७ रुपैयाँबराबरको बोनस सेयर र २४.७४ प्रतिशतले हुन आउने १ अर्ब १२ करोड ४५ लाख ७४ हजार ५३७ रुपैयाँबराबरको नगद लाभांश रहेको छ ।  

यसका साथै, सभामा बोनस सेयर वितरण गर्दा कायम हुन आउने दशमलब पछिको भिन्न अंकलाई सम्बन्धित सेयरधनीको नाममा पछि समायोजन गर्ने गरी यथावत राख्ने प्रस्ताव पारित गरिनेछ ।  

Bizshala
Shivam Cement
CG Motors

सभामा प्रस्तावित बोनस सेयर वितरण पश्चात हुने सेयर संरचना बमोजिम जारी पूँजी तथा चुक्तापूँजी वृद्धि ५ अर्ब १ करोड १९ लाख ४७ हजार ७९७.४६ रुपैयाँ पुर्याउने प्रस्ताव पारित गरिनेछ । उक्त सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा प्रस्ताव भए बमोजिम आवश्यक संशोधन गर्ने र सूर्यज्योति लाइफ इन्स्योरेन्स तथा साविकको ज्योति लाइफबाट संस्थागत उत्तरदायित्व अन्तर्गत भएको खर्चलाई अनुमोदन गरिनेछ ।  

सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। यसैगरी साविकको ज्योति लाइफको लेखापरीक्षकको प्रतिवेदन सहितको मिति २०७९ पुस ६ गतेको वासलात र सोहि मितिमा समाप्त भएको आव २०७९/८० को पुस ६ गतेको नाफा नोक्सान हिसाब, तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनुका साथै चालु आव २०८०/८१ को लेखापरीक्षणका लागि लेखापरीक्षको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ।  

सभामा सूर्यज्योति लाइफको लेखापरीक्षकको प्रविवेदनसहित २०८० असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब, तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनुका साथै सञ्चालक समितिमा संस्थापक सेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने रिक्त सञ्चालक पदमा सञ्चालक समितिबाट भएको नियुक्तीलाई अनुमोदन गरिनेछ ।  

साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले आगामी वैशाख ७ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ वैशाख ६ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Bizshala
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
IME remit
New Office
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.