सोमबार, श्रावण १८,२०८३ 11:18:15
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 11:18:15
Bizshala
Global IME Bank Limited

अमेरिका–इरानबीच १४ बुँदे प्रारम्भिक सम्झौता नजिक, तनाव अन्त्य हुने संकेत

अमेरिका–इरानबीच १४ बुँदे प्रारम्भिक सम्झौता नजिक, तनाव अन्त्य हुने संकेत
New Office

काठमाण्डौं । अमेरिका र इरानबीच लामो समयदेखि जारी तनाव अन्त्यतर्फ उन्मुख भएको संकेत देखिएको छ।

समाचार संस्था रोयटर्सका अनुसार दुवै देश १४ बुँदे सम्भावित सम्झौतामा सहमतिनजिक पुगेका छन् र आगामी ४८ घण्टाभित्र औपचारिक स्पष्टता आउने अपेक्षा गरिएको छ।

प्रस्तावित सहमतिअनुसार इरानले अस्थायी रूपमा आफ्नो आणविक सम्वद्र्धन कार्यक्रम रोक्नेछ भने अमेरिकाले केही आर्थिक प्रतिबन्ध खुकुलो पार्दै इरानको रोक्का गरिएको अर्बौं डलर बराबरको सम्पत्ति फुकुवा गर्ने तयारी गरेको बताइएको छ।  

साथै, रणनीतिक महत्व बोकेको होर्मुज जलमार्गमा जहाज आवागमन सहज बनाउने विषय पनि सम्झौतामा समावेश हुनसक्ने जनाइएको छ।

सम्झौताअन्तर्गत प्रारम्भिक ३० दिनको वार्ता अवधि निर्धारण गरिनेछ। 

उक्त अवधिमा विस्तृत छलफल हुने र सहमति कार्यान्वयनमा समस्या आए अमेरिकाले पुनः नाकाबन्दी वा सैन्य विकल्प अघि सार्न सक्ने उल्लेख गरिएको छ।

वार्तामा अमेरिकी दूत स्टिभ विट्कोफ, जेरेड कुशनर तथा इरानी अधिकारीहरू सहभागी रहेको बताइएको छ। 

पाकिस्तानले मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दै आएको छ भने गत महिना पाकिस्तानमै शान्ति वार्ताको आयोजना गरिएको थियो।

यसैबीच, अमेरिकी राष्ट्रपति म्यलबमि त्चगmउ ले होर्मुज जलमार्गमा जहाज सुरक्षाका लागि सञ्चालन गरिएको “प्रोजेक्ट फ्रिडम” नौसैनिक अभियान अस्थायी रूपमा रोक्ने निर्णय गरेका छन्।  

यसलाई वार्तामा सकारात्मक प्रगतिको संकेतका रूपमा विश्लेषण गरिएको छ।

बुधबार होर्मुज क्षेत्रमा एक फ्रान्सेली कन्टेनर जहाजमाथि भएको आक्रमणमा चालक दलका केही सदस्य घाइते भएका थिए।  

फेब्रुअरीयता क्षेत्रीय तनावका कारण यो जलमार्ग निरन्तर प्रभावित हुँदै आएको छ। एजेन्सी, 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.