बिहीबार, बैशाख २४,२०८३ 12:49:46
Bizshala
  • बिहीबार, बैशाख २४,२०८३ 12:49:47
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

देउवा दम्पती प्रकरण: रेड कर्नर नोटिसमा इन्टरपोलद्वारा थप विवरण माग

Bizshala
देउवा दम्पती प्रकरण: रेड कर्नर नोटिसमा इन्टरपोलद्वारा थप विवरण माग
Shivam Cement

काठमाण्डौं । अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)ले नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वपरराष्ट्र मन्त्री डा. आरजु राणा देउवाविरुद्ध रेड कर्नर नोटिस जारी गर्ने प्रक्रियाका लागि नेपाल प्रहरीसँग थप कानुनी कागजात र अनुसन्धान विवरण माग गरेको छ।

नेपाल प्रहरीको इन्टरपोल शाखा (एनसीबी) ले पठाएको सिफारिस पत्रको अध्ययनपछि इन्टरपोल मुख्यालयले अनुसन्धानको कानूनी आधार, प्रमाणको पर्याप्तता तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अझ स्पष्ट विवरण आवश्यक रहेको जनाएको उच्च स्रोतले बताएको छ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

हालसम्म प्राप्त कागजातका आधारमा रेड कर्नर नोटिस जारी गर्ने कुनै निर्णय नभएको स्रोतले जनाएको छ।  

इन्टरपोलले विशेषगरी आरोपसँग सम्बन्धित ठोस प्रमाण, अनुसन्धान प्रक्रिया र कानूनी आधारबारे थप स्पष्टता खोजिरहेको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले यसअघि देउवा दम्पतीविरुद्ध अनुसन्धानका लागि पक्राउ अनुमति लिएको थियो।

त्यसपछि नेपाल प्रहरीले इन्टरपोलमार्फत रेड कर्नर नोटिस प्रक्रिया अघि बढाएको हो।

 

CG Motors
Garima Development Bank
IME remit

गत भदौ २४ गते बूढानीलकण्ठस्थित देउवा निवासमा भएको आगजनी घटनापछि अनुसन्धान थप सक्रिय बनाइएको थियो।  

सो क्रममा घरभित्र जलेको अवस्थामा नगद भेटिएको दाबी गर्दै सार्वजनिक भएका भिडियोहरू पनि चर्चामा आएका थिए।

उक्त घटनासँग सम्बन्धित अनुसन्धानकै आधारमा पक्राउ अनुमति लिएर प्रक्रिया अघि बढाइएको बताइएको छ।

हाल देउवा दम्पती स्वास्थ्य उपचारका लागि हङकङमा रहेको र अहिलेसम्म फर्किएको जानकारी छैन। उनीहरू नफर्किएपछि इन्टरपोलमार्फत प्रक्रिया अघि बढाइएको हो।

इन्टरपोलले माग गरेको थप विवरण प्राप्त भएपछि मात्र रेड कर्नर नोटिस जारी गर्ने वा नगर्ने विषयमा अन्तिम निर्णय हुने बताइएको छ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X