मंगलवार, श्रावण १९,२०८३ 09:20:44
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 09:20:44
Bizshala
Global IME Bank Limited

पश्चिम बंगालमा चुनावपछिको हिंसा: भाजपा नेताका पीएको गोली हानी हत्या, राजनीतिक तनाव चुलियो

पश्चिम बंगालमा चुनावपछिको हिंसा: भाजपा नेताका पीएको गोली हानी हत्या, राजनीतिक तनाव चुलियो
New Office

काठमाण्डौं । पश्चिम बंगालमा हालै सम्पन्न विधानसभा चुनावपछिको हिंसात्मक घटनाबीच भारतीय जनता पार्टी (भाजपा) का नेता तथा विपक्षी नेता शुभेन्दु अधिकारीका निजी सहायक (पीए) चन्द्रनाथ रथको बुधबार राति गोली हानी हत्या गरिएको छ।

अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीका अनुसार घटना कोलकाता नजिकैको मध्यमग्राम क्षेत्रमा भएको हो। प्रारम्भिक विवरणअनुसार आक्रमणकारीले रथ सवार गाडीमै गोली प्रहार गरेका थिए।

प्रत्यक्षदर्शीका अनुसार उनलाई गम्भीर अवस्थामा अस्पताल पुर्‍याइएको थियो। घटनामा प्रयोग भएको गाडी प्रहरीले नियन्त्रणमा लिए पनि त्यसको नम्बर प्लेट नक्कली भएको पुष्टि भएको छ।

प्रहरीले घटनास्थलबाट गोलीका खोका बरामद गरेको छ र प्रत्यक्षदर्शीहरूको बयानका आधारमा अनुसन्धान अघि बढाएको जनाएको छ।

चुनावपछि बढ्दो राजनीतिक तनाव

हालैको विधानसभा चुनावमा शुभेन्दु अधिकारीले भवानीपुर क्षेत्रबाट तृणमूल कांग्रेस (टीएमसी) अध्यक्ष ममता बर्नजीलाई पराजित गरेपछि राज्यको राजनीतिक वातावरण अझै संवेदनशील बनेको छ।

भाजपाले यस घटनालाई “पूर्वनियोजित हत्या” भन्दै कडा आपत्ति जनाएको छ।  

अधिकारीले केही दिनदेखि नै पीएमाथि निगरानी (रेक) भइरहेको दाबी गर्दै यसलाई राज्यमा कानून–व्यवस्थाको गम्भीर विफलता भनेका छन्।

भाजपाले घटनाको निष्पक्ष र कडा अनुसन्धानको माग गरेको छ।

 

टीएमसीको प्रतिक्रिया

यता तृणमूल कांग्रेस (टीएमसी) ले पनि घटनाको निन्दा गर्दै निष्पक्ष छानबिनको माग गरेको छ।

 पार्टीले न्यायिक निगरानीमा सीबीआई अनुसन्धान हुनुपर्ने धारणा अघि सारेको छ।

टीएमसी नेताहरूले चुनावपछि राज्यमा आफ्ना कार्यकर्ता पनि हिंसाबाट प्रभावित भएको दाबी गर्दै सुरक्षा अवस्था बिग्रिएको आरोप लगाएका छन्।

चन्द्रनाथ रथको पृष्ठभूमि

४१ वर्षीय चन्द्रनाथ रथ पूर्वमेदिनीपुर जिल्लाका बासिन्दा थिए। उनले लामो समय भारतीय वायु सेनामा सेवा गरेपछि निजी क्षेत्र हुँदै राजनीतिमा प्रवेश गरेका थिए।

पछि उनी शुभेन्दु अधिकारीका निकट सहयोगी बनेका थिए र चुनावी रणनीति तथा प्रशासनिक समन्वयमा महत्वपूर्ण भूमिका निभाउँदै आएका थिए।

राज्यको सुरक्षा अवस्थामाथि प्रश्न

विश्लेषकहरूका अनुसार पश्चिम बंगालमा सत्ता परिवर्तनपछि हुने स्थानीय राजनीतिक वर्चस्वको संघर्षका कारण हिंसा दोहोरिने प्रवृत्ति देखिन्छ।  

सुरक्षाबल परिचालन भएपनि यस्ता घटनाले सुरक्षा संयन्त्रमाथि प्रश्न उठाएको छ।

भाजपा र टीएमसीबीच आरोप–प्रत्यारोप तीव्र बनेसँगै राज्यको राजनीतिक तनाव थप चुलिएको छ। एजेन्सी

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.