मंगलवार, श्रावण १९,२०८३ 08:24:44
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 08:24:44
Bizshala
Global IME Bank Limited

वर्षाका कारण अवरुद्ध वीपी राजमार्ग पुनः सञ्चालनमा

वर्षाका कारण अवरुद्ध वीपी राजमार्ग पुनः सञ्चालनमा
New Office

काठमाण्डौं । लगातारको वर्षाका कारण अवरुद्ध भएको वीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ।  

काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार मर्मत कार्य सम्पन्न भएपछि बिहीबार बिहान ८्:३० बजेदेखि राजमार्गमा यातायात सञ्चालनमा आएको हो।

केही दिनदेखि परेको भारी वर्षाले भकुण्डेदेखि नेपालथोकसम्मको सडक खण्डमा राखिएका अस्थायी डाइभर्सन बगाएपछि यातायात पूर्ण रूपमा रोकिएको थियो।

असोज २०८१ मा रोशी खोलामा आएको बाढीका कारण कटुन्जेबेसी–नेपालथोक सडक खण्ड गम्भीर रूपमा क्षतिग्रस्त बनेको थियो। 

त्यसपछि अस्थायी डाइभर्सन निर्माण गरी यातायात सञ्चालन हुँदै आएको थियो।  

तर, पछिल्लो वर्षाले ती डाइभर्सन समेत बगाएपछि सडक पुनः अवरुद्ध भएको थियो।

जिल्ला प्रशासन कार्यालय काभ्रेले यसबीच सुरक्षाका कारण रातिको समयमा यातायात सञ्चालनमा रोक लगाउँदै दैनिक १२ घण्टा ९बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म० आवागमन निषेध गरेको सूचना जारी गरेको छ।

हाल सडक पुनः सञ्चालनमा आए पनि जोखिमयुक्त खण्डमा सतर्कताका साथ मात्र यात्रा गर्न प्रशासनले अनुरोध गरेको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.