काठमाण्डौं । अवरुद्ध नारायणगढ–मुग्लिन मा खसेको सुक्खा पहिरो हटाइएपछि अवरुद्ध सडक पुनः सञ्चालनमा आएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले सडक डिभिजन कार्यालयसँगको समन्वयमा पहिरो पन्छाएर यातायात सञ्चालनमा ल्याइएको जानकारी दिएका छन्।
इच्छाकामना गाउँपालिका–५ को तुइन खोलामा सुक्खा पहिरो खस्दा सडक केही समय अवरुद्ध भएको थियो।

