काठमाण्डौं । सरकारले देशका आठ प्रमुख विश्वविद्यालयका रिक्त उपकुलपति पदका लागि आवेदन आह्वान गरेसँगै उच्च शिक्षाको नेतृत्व संरचना पुनः गठन गर्ने प्रक्रिया अघि बढेको छ।
त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयमा लामो समयदेखि रिक्त रहेका उपकुलपति पदहरू भर्न यो प्रक्रिया अघि सारिएको हो।
छनोट तथा सिफारिस समितिले योग्य उम्मेदवारहरूलाई १० दिनभित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइटमार्फत आवेदन दिन आग्रह गरेको छ।
मन्त्रालयले उपकुलपति छनोटसम्बन्धी कार्यविधि पनि सार्वजनिक गरेको छ।
यसअघि अध्यादेशमार्फत करिब १५ सय नियुक्ति खारेज भएपछि धेरै विश्वविद्यालयमा नेतृत्वविहीन अवस्था सिर्जना भएको थियो।
त्यसपछि यो प्रक्रिया विश्वविद्यालय प्रशासनलाई पुनः व्यवस्थित गर्ने प्रयासका रूपमा हेरिएको छ।
शिक्षा मन्त्री सस्मित पोखरेलको नेतृत्वमा बनेको सिफारिस समितिमा शिक्षा सचिव चुडामणि पौडेल र राष्ट्रिय योजना आयोगमा शिक्षा हेर्ने सदस्य रेसु अर्याल ढुगाना सदस्य रहेका छन्।

