मंगलवार, श्रावण १९,२०८३ 07:20:28
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 07:20:28
Bizshala
Global IME Bank Limited

पश्चिम बंगालमा पहिलोपटक भाजपा सरकार, शुभेन्दु अधिकारी बने मुख्यमन्त्री

पश्चिम बंगालमा पहिलोपटक भाजपा सरकार, शुभेन्दु अधिकारी बने मुख्यमन्त्री
New Office

काठमाण्डौं । भारतीय राज्य पश्चिम बंगालमा भारतीय जनता पार्टी (भाजपा) ले पहिलोपटक सरकार गठन गर्दै ऐतिहासिक उपलब्धि हासिल गरेको छ ।  

हालै सम्पन्न विधानसभा चुनावमा बहुमत सुनिश्चित गरेपछि पार्टीले औपचारिक रूपमा सत्ता सम्हालेको हो ।

शनिबार शुभेन्दू अधिकारीले पश्चिम बंगालको पहिलो भाजपा मुख्यमन्त्रीका रूपमा शपथ लिएका छन् ।  

उनले पद तथा गोपनीयताको शपथ बंगाली भाषामा ग्रहण गरेका थिए ।  

शपथपछि उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लाई अभिवादन गरेको दृश्य सार्वजनिक भएको छ ।

मुख्यमन्त्री अधिकारीसँगै राज्यपाल आर।एन। रवि ले पाँच जना विधायकलाई मन्त्रीका रूपमा शपथ गराएका छन् ।  

मन्त्रीहरूमा दिलीप घोष, अग्निमित्र पल, अशोक कीर्तनिया, खुदिराम टुडू र निसिथ प्रमाणिक रहेका छन् ।

 

शपथ ग्रहण समारोहमा प्रधानमन्त्री मोदीसँगै गृहमन्त्री अमित शाह तथा भारतीय जनता पार्टी र एनडीए शासित राज्यका करिब २० जना मुख्यमन्त्रीहरूको उपस्थिति रहेको थियो ।

निर्वाचन परिणामअनुसार २९४ सिटमध्ये भाजपाले २०७ सिट जित्दै स्पष्ट बहुमत हासिल गरेको हो ।  

लामो समयदेखि सत्तामा रहेको तृणमूल कंग्रेस (टीएमसी) भने यसपटक ८० सिटमा खुम्चिएको छ ।  

यससँगै ममता बनर्जीको करिब १५ वर्ष लामो शासन अन्त्य भएको बताइएको छ ।  

एजेन्सी

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.