मंगलवार, श्रावण १९,२०८३ 01:44:05
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 01:44:05
Bizshala
Global IME Bank Limited

देउवा दम्पतीविरुद्ध ‘रेड नोटिस’ का लागि इन्टरपोललाई पुनः अनुरोध

देउवा दम्पतीविरुद्ध ‘रेड नोटिस’ का लागि इन्टरपोललाई पुनः अनुरोध
New Office

काठमाण्डौं । शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवा विरुद्ध ‘रेड नोटिस’ जारी गराउन नेपाल प्रहरीले पुनः इन्टरपोललाई थप विवरणसहित पत्राचार गरेको छ।

यसअघि गरिएको अनुरोधमा इन्टरपोल महासचिवालयले पर्याप्त कागजात नपुगेको भन्दै तत्काल ‘रेड नोटिस’ जारी गर्न नसकिने प्रतिक्रिया दिएको थियो।

त्यसपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट प्राप्त विस्तृत विवरण र कागजात समेटेर पुनः जानकारी पठाइएको हो।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका अनुसार देउवा दम्पतीमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान जारी छ।

इन्टरपोलले मागेका सम्भावित अन्य कसुर, अदालतका कागजात र अनुसन्धान विवरण समेत पठाइएको जनाइएको छ।

प्रहरी स्रोतका अनुसार सुरुमा पक्राउ अनुमति नै नलिई ‘रेड नोटिस’ माग गरिएको थियो।  

पछि थप विवरण मागिएपछि मात्रै जिल्ला अदालत काठमाडौंले गत २४ चैतमा पक्राउ पुर्जी जारी गरेको हो।

सैबीच विभाग नेतृत्वमा पनि परिवर्तन गरिएको छ, जहाँ गजेन्द्र ठाकुर लाई हटाएर निर्मल ढकाल लाई जिम्मेवारी दिइएको छ।

अनुसन्धानका क्रममा देउवा दम्पतीमाथि अन्य मुद्दामा समेत छानबिन विस्तार गर्ने तयारी भइरहेको सुरक्षा निकायले जनाएको छ।

उनीहरू हाल हङकङ मा रहेको अनुमान गरिए पनि औपचारिक पुष्टि भएको छैन।

यसअघि उनीहरू उपचारका क्रममा सिंगापुर गएको र पछि हङकङ पुगेको बताइन्छ।

अनुसन्धानका क्रममा आरजु राणाका भाइ भूषण राणा माथि पनि छानबिन अघि बढाइएको छ।  

साथै अन्य उच्च राजनीतिक व्यक्तिहरू केपी ओली, पुष्पकमल दाहाल र दीपक खड्का को नामसमेत अनुसन्धान सूचीमा रहेको जनाइएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.