काठमाण्डौं । आफ्नो समुदायको छवि धुमिल पार्ने र चरित्रमाथि आघात पुग्ने गरी फिल्म निर्माण गरिएको आरोप लगाउँदै बादी समुदायका प्रतिनिधिहरूले चलचित्र ‘लालीबजार’ लाई लिएर काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको छ।
चलचित्रले समुदायको पहिचान, इतिहास र सामाजिक प्रतिष्ठालाई नकारात्मक ढंगले चित्रण गरेको दाबी उनीहरुको छ ।
प्रदर्शनकारीहरूले “बादी जातिको सम्मान गर”, “लालीबजार प्रदर्शन बन्द गर” जस्ता नारा लेखिएका ब्यानर र प्लेकार्ड प्रदर्शन गरेका थिए।
बादी समुदायको गौरवशाली इतिहासलाई तोडमोड गरी समाजमा गलत धारणा फैलाउने प्रयास भएको भन्दै चलचित्रको निर्माण तथा प्रदर्शन तत्काल रोक्न प्रदर्शनकारीहरूले माग गरेका छन्।
चलचित्रप्रति देखिएको असन्तुष्टिलाई लिएर फिल्म क्षेत्रमै पनि विभिन्न कोणबाट बहस शुरु भएको छ।
केहीले कलात्मक स्वतन्त्रताको पक्षमा तर्क गर्दै फिल्ममाथिको दबाब उचित नभएको बताइरहेका छन् भने अर्कोतर्फ समुदायको भावनालाई बेवास्ता गर्न नहुने मत पनि उठिरहेको छ।
समग्रमा, ‘लालीबजार’ अहिले सामाजिक सञ्जालदेखि सडकसम्म बहसको केन्द्र बनेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।