सोमबार, असार १५,२०८३ 08:35:48
Bizshala
  • सोमबार, असार १५,२०८३ 08:35:48
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

प्रधानमन्त्री शाह दोस्रो पटक राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अनुपस्थित भएपछि कांग्रेसले गर्‍यो बहिष्कार

Laxmi Sunrise Bank Limited
प्रधानमन्त्री शाह दोस्रो पटक राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अनुपस्थित भएपछि कांग्रेसले गर्‍यो बहिष्कार

काठमाण्डौं  । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह लगातार दोस्रो पटक अनुपस्थित भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबारको बैठक बहिष्कार गरेको छ।

सोमबार बिहान ११ बजेका लागि तय गरिएको बैठकमा पनि प्रधानमन्त्री शाह नआएपछि कांग्रेसका सांसदहरूले असन्तुष्टि जनाउँदै बैठकबाट बाहिरिएका हुन्।

New Office
CG Motors
Garima Development Bank

बैठकमा कांग्रेसबाट प्रतिनिधित्व गर्ने संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, सचेतक निश्कल राई तथा सांसदहरू अर्जुननरसिंह केसी र रेखाकुमारी यादव अनुपस्थित भएकबा हुन् ।  

कांग्रेसले सुकुमबासी बस्ती हटाउने प्रक्रिया, सुरक्षा प्रशासनको अवस्था लगायतका संवेदनशील विषयमा प्रधानमन्त्रीसँग प्रत्यक्ष छलफल आवश्यक रहेको भन्दै पटक–पटक माग गर्दै आएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

तर, प्रधानमन्त्री लगातार अनुपस्थित रहेको भन्दै पार्टीले आपत्ति जनाएको छ।

संसदीय दलका नेता आङ्देम्बेले प्रधानमन्त्रीको उपस्थितिका लागि बोलाइएको बैठकमा लगातार अनुपस्थित रहनु गैरजिम्मेवार व्यवहार भएको टिप्पणी गर्दै प्रधानमन्त्री बिना यस्तो बैठकको अर्थ नै नहुने बताएका छन्।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.