मंगलवार, श्रावण १९,२०८३ 06:16:37
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 06:16:37
Bizshala
Global IME Bank Limited

ठेक्का ढिलाइ प्रकरणमा दुई ठेकेदार प्रहरी नियन्त्रणमा

ठेक्का ढिलाइ प्रकरणमा दुई ठेकेदार प्रहरी नियन्त्रणमा
New Office

काठमाण्डौं । निर्माण ठेक्का समयमै पूरा नगरेको आरोपमा दुई ठेकेदारलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सोमबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले   शर्मा एन्ड कम्पनीका अध्यक्ष रमेश शर्मा र लामा कन्स्ट्रक्सनका पिताम्बर बडूलाई नियन्त्रणमा लिएको हो।

कार्यालय प्रमुख एसएसपी सन्तोष खड्काका अनुसार मन्त्रालयको अनुरोधपछि उनीहरूलाई नियन्त्रणमा लिएर सम्बन्धित निकायमा बुझाइएको हो।

उनले भने, “कुनै ठेक्काको काम सम्पन्न नभएको भन्ने विषय आएको रहेछ। मन्त्रालयबाट उपस्थित गराइदिन अनुरोध आएपछि हामीले नियन्त्रणमा लिएर बुझाएका हौं।”

स्रोतका अनुसार उनीहरू नागढुंगा सडक खण्ड र धुलिखेल सडक खण्डका निर्माण कार्यमा संलग्न थिए। 

समयसीमाभित्र काम सम्पन्न नभएको भन्दै मन्त्रालयले उनीहरूलाई सोधपुछका लागि बोलाएको हो।

सरकारी पक्षले यसलाई ठेक्का व्यवस्थापन सुधार र समयमै आयोजना सम्पन्न गराउने प्रयासको हिस्सा भएको बताएको छ। 

पछिल्ला दिनहरूमा मन्त्रालयले काम अलपत्र पार्ने ठेकेदारहरूमाथि निगरानी र सोधपुछ तीव्र बनाएको देखिन्छ।

तर, निर्माण व्यवसायीहरूका तर्फबाट भने यस्तो कदमले नियमित प्रक्रियामा काम गरिरहेका ठेकेदारहरूमा अनावश्यक दबाब सिर्जना हुन सक्ने भन्दै मिश्रित प्रतिक्रिया आउने गरेको छ।

अर्कोतर्फ, नागरिकस्तरमा भने ढिलासुस्ती र अधुरा परियोजनाप्रति असन्तुष्टि बढ्दै गएकाले सरकारी कारबाहीलाई केहीले सकारात्मक कदमका रूपमा पनि हेरेका छन्।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.