मंगलवार, श्रावण १९,२०८३ 06:17:17
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 06:17:17
Bizshala
Global IME Bank Limited

महभिरमा पहिरो खस्दा बेनी–जोमसोम सडक अवरुद्ध

महभिरमा पहिरो खस्दा बेनी–जोमसोम सडक अवरुद्ध
New Office

काठमाण्डौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ महभिरमा गएको पहिरोका कारण बेनी–जोमसोम–कोरला सडकखण्ड अवरुद्ध बनेको छ ।

शुक्रबार बिहान ढुंगा, माटो र लेदोसहितको पहिरो खस्दा मुस्ताङ जोड्ने मुख्य सडकमा सवारी आवागमन ठप्प भएको हो ।

सडक अवरुद्ध भएपछि बेनीबाट मुस्ताङतर्फ र जोमसोमतर्फबाट बेनी आउँदै गरेका दर्जनौँ सवारीसाधन बाटोमै रोकिएका छन् ।  

यातायात बन्द हुँदा स्थानीयवासी, पर्यटक तथा मुक्तिनाथ दर्शनका लागि गएका तीर्थयात्री प्रभावित बनेका छन् ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर तिमिल्सिनाले पहिरो हटाएर सडक सञ्चालनमा ल्याउन प्रयास भइरहेको जानकारी दिए ।

उनका अनुसार सडक विभागका उपकरण प्रयोग गरी अवरुद्ध सडक खुलाउने काम तीव्र पारिएको छ ।

महभिर क्षेत्रमा सडकभन्दा माथिल्लो भागबाट निरन्तर पहिरो झर्ने समस्या रहेको छ ।  

सामान्य वर्षा हुँदा पनि लेदो र ढुंगासहित पहिरो खस्ने भएकाले सडक पटक–पटक अवरुद्ध हुने गरेको छ ।  

यसले यात्रु र सवारीसाधनलाई दुर्घटनाको उच्च जोखिममा पार्ने गरेको स्थानीयवासीले बताएका छन् ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.