बुधबार, असार १०,२०८३ 07:23:54
Bizshala
  • बुधबार, असार १०,२०८३ 07:23:54
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सानिमा इक्विटी फण्ड–२ को इकाई खरिदका लागि आवेदन दिने म्याद थप

Laxmi Sunrise Bank Limited
सानिमा इक्विटी फण्ड–२ को इकाई खरिदका लागि आवेदन दिने म्याद थप

काठमाण्डौ । सानिमा इक्विटी फण्ड–२ को इकाई खरिदका लागि आवेदन दिन म्याद थप गरिएको छ । सानिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने सानिमा क्यापिटल योजना व्यवस्थापक तथा सानिमा बैंक कोष प्रवद्र्धक रहेको यो योजनाको १० करोड इकाईको सार्वजनिक निष्कासन गत वैशाख २४ गतेदेखि भएको थियो ।

यो योजनामा वैशाख २९ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको थियो । तर निर्धारित समयमा मागबमोजिम आवेदन प्राप्त नभएकाले आवेदन दिने समयावधि जेठ ७ गतेसम्मका लागि लम्बाइएको हो । उक्त अवधिभित्र मागभन्दा बढी संख्यामा आवेदन प्राप्त भएमा भने जेठ ७ गते् अगावै यो योजनाको इकाई बिक्री बन्द गरिने योजना व्यवस्थापक सानिमा क्यापिटलले जनाएको छ ।

New Office
CG Motors
Garima Development Bank

कुल निष्कासनमा १ करोड ३० लाख इकाई सानिमा बैंक र २० लाख इकाई सानिमा क्यापिटललाई सुरक्षित राखी बाँकी ८ करोड ५० लाख इकाई सार्वजनिक रुपमा निष्कासन गरिएको छ । लगानीकर्ताले न्यूनतम १ सय कित्ता र अधिकतममा १ करोड इकाईका लागि आवेदन दिन सक्नेछन् ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र दरखास्त संकलनको लागि अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरु (आस्वा सदस्य) का आस्वा सेवा प्रदान गर्ने सम्पूर्ण कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। यो १० वर्षे बन्दमुखी योजना हो।

योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.