सोमबार, श्रावण ११,२०८३ 10:34:28
Bizshala
  • सोमबार, श्रावण ११,२०८३ 10:34:28
Bizshala
Global IME Bank Limited

यती एअरलाईन्स आईपीओको तयारीमा, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल नियुक्त

यती एअरलाईन्स आईपीओको तयारीमा, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल नियुक्त
New Office

काठमाण्डौ । नेपालको निजी हवाई सेवा क्षेत्रमा लामो समयदेखि सक्रिय Yeti Airlines ले सर्वसाधारणका लागि साधारण शेयर(आईपीओ) निष्कासनको तयारी अघि बढाएको छ । 

कम्पनीले आईपीओ निष्कासन तथा बिक्री व्यवस्थापनका लागि NIMB Ace Capital Limited लाई बिक्री प्रबन्धक नियुक्त गरेको हो ।

यससँगै नेपालकै चर्चित निजी एयरलाइन्समध्ये एक मानिएको यती एअरलाईन्स पूँजीबजारमा प्रवेश गर्ने तयारीमा पुगेको छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्था, हाइड्रोपावर र इन्स्योरेन्स कम्पनीहरूको वर्चस्व रहेको प्राथमिक शेयर बजारमा अब हवाई सेवा क्षेत्रको ठूलो कम्पनी प्रवेश गर्न लागेको संकेत देखिएको छ।

कम्पनीले सार्वजनिक गरेको जानकारीअनुसार आईपीओसम्बन्धी सम्झौतापत्रमा यती एअरलाईन्सका प्रमुख वित्त अधिकृत अनुप आचार्य तथा एनआईएमबी एस क्यापिटलका नायब प्रमुख कार्यकारी अधिकृत सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन् ।

आन्तरिक हवाई सेवा क्षेत्रमा स्थापित ब्रान्ड बनाएको यती एअरलाईन्सले देशका प्रमुख शहरी तथा दुर्गम गन्तव्यहरूमा नियमित उडान सञ्चालन गर्दै आएको छ । कम्पनीले उच्च सुरक्षा मापदण्ड, सञ्चालन विश्वसनीयता तथा सेवा गुणस्तरलाई प्राथमिकतामा राख्दै व्यवसाय विस्तार गरिरहेको जनाएको छ ।

विशेषगरी नेपालमा हवाई पहुँच विस्तार, पर्यटन प्रवर्द्धन तथा क्षेत्रीय कनेक्टिभिटी सुदृढ बनाउन यती एअरलाईन्सले महत्वपूर्ण योगदान दिएको दाबी कम्पनीको छ ।

यती एअरलाईन्सको आईपीओ तयारीलाई पूँजीबजारका जानकारहरूले ‘नयाँ सेक्टर इन्ट्री’का रूपमा हेरेका छन् । नेपाल स्टक एक्सचेञ्जमा हालसम्म हवाई सेवा क्षेत्रको प्रभावकारी उपस्थिति नरहेको अवस्थामा यतीको प्रवेशले लगानीकर्तालाई फरक क्षेत्रको लगानी विकल्प दिने अपेक्षा गरिएको छ ।

यद्यपि कम्पनीले हालसम्म आईपीओको आकार, निष्कासन समय, मूल्य संरचना वा सर्वसाधारणलाई कति प्रतिशत शेयर जारी गरिने भन्ने विवरण सार्वजनिक गरिसकेको छैन । बजारमा भने कम्पनीको वित्तीय अवस्था, नाफाक्षमता, ऋण व्यवस्थापन तथा एयरलाइन्स क्षेत्रको जोखिम मूल्यांकनलाई लिएर चासो बढ्न थालेको छ ।

विशेषगरी नेपालमा हवाई क्षेत्र उच्च सञ्चालन लागत, मौसमीय जोखिम र नियामकीय चुनौतीबीच सञ्चालन हुँदै आएको अवस्थामा यती एअरलाईन्सको आईपीओले लगानीकर्ताबाट कस्तो प्रतिक्रिया पाउँछ भन्ने विषयलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.