मंगलवार, श्रावण १९,२०८३ 04:58:26
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 04:58:26
Bizshala
Global IME Bank Limited

मध्यपहाडी, बीपी र कोशी राजमार्गमा पहिरो, यातायात अवरुद्ध

मध्यपहाडी, बीपी र कोशी राजमार्गमा पहिरो, यातायात अवरुद्ध
New Office

काठमाण्डौं । देशभरका प्रमुख पाँच वटा राजमार्गमा बाढी र पहिरोका कारण यातायात सञ्चालनमा असर परेको छ।  

नेपाल प्रहरीका अनुसार दुई वटा सडक खण्ड पूर्ण रूपमा बन्द छन् भने तीन वटा खण्डमा एकतर्फी मात्र सवारी सञ्चालन भइरहेको छ।

बाढी र पहिरोका कारण मध्य पहाडी राजमार्ग अन्तर्गत भोजपुर नगरपालिका–५ बोखिम क्षेत्रमा सडकमा क्षति पुगेको छ।  

त्यहाँ सडक आंशिक रूपमा मात्र सञ्चालनमा रहेकाले एकतर्फी यातायात सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।

त्यस्तै, कोशी राजमार्ग अन्तर्गत संखुवासभा जिल्लाको मकालु गाउँपालिका–३ नयाँबस्ती क्षेत्रमा पहिरो खस्दा सडक पूर्ण रूपमा खुल्न नसकेको अवस्था छ।  

त्यस कारण उक्त खण्डमा एकतर्फी मात्र सवारी सञ्चालनमा छ।

उता, बीपी राजमार्ग अन्तर्गत काभ्रे क्षेत्रमा पर्ने खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडक खण्डमा जोखिम बढेपछि सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।  

यसले सो मार्ग हुँदै हुने आवतजावत पूर्ण रूपमा प्रभावित भएको छ।

यसैगरी, बेनी–जोमसोम सडक खण्डको म्याग्दी जिल्लास्थित अन्नपूर्ण गाउँपालिका–३ जलथले क्षेत्रमा पनि सडक अवरुद्ध भएपछि एकतर्फी मात्र सवारी सञ्चालनमा रहेको प्रहरीले जनाएको छ।

हिमाली भू–भाग भएकाले यहाँ पहिरो र सडक भासिने समस्या दोहोरिरहने गरेको छ।

त्यसैगरी, हिल्सा- सीमीकोट राजामार्ग अन्तर्गत हुम्लाको नाम्खा गाउँपालिका–२ क्षेत्रमा समेत सडक अवरुद्ध भएको छ।  

लगातारको वर्षा र पहिरोका कारण यो खण्डमा यातायात पूर्ण रूपमा बन्द रहेको छ।

समग्रमा बाढी र पहिरोका कारण देशका पहाडी तथा हिमाली भेगका प्रमुख सडकहरू प्रभावित हुँदा यात्रु तथा मालवाहक सवारी साधनहरू लामो समयदेखि समस्यामा परेका छन्।  

सम्बन्धित निकायले सडक खुलाउने प्रयास भइरहेको जनाएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.